~जगत नवोदित~
जिन्दगीको बिहान
कहिले खर्कमा गोठालो गर्दै बित्यो
कहिले नूनतेलको भारी बोक्दै सकियो
समय पूmलको जवानीमा
सयपत्री भएर फुल्यो
बाबरी भएर मग्मगायो
तर कठै ।
उस्को बीसे बाइसे उमेर पनि
यौवनको गीत एकपटक गाउन नपाउँदै
दुःखको उकाली ओराली हिंड्दा हिंड्दै बित्यो
ऊ दौंतरीहरुको लहरमा बगेर
मुग्लान झरेन
न त पुर्खाको पाइला पछ्याउँदै
लाहुर नै गयो
बरु माटोभरि इन्द्रेनी सपना फुलाउन
बगाइरह्यो हलो र कोदालोमा नीलो पसीना
देश लड्दैछ भन्ने कुरा थाहा छैन उस्लाई
बरु सानैमा साहुको भारी बोक्न नसक्दा
लडेर खुटृा मर्किएको याद छ
देश भट्कदैंछ भन्ने कुरा थाहा छैन उस्लाई
बरु साहुको रिन तिर्न नसक्दा
अभावको हुरीले जिन्दगी भट्काएको सम्झना छ
सत्य हो हजुर ।
ऊ नेपाली भएर पनि नेपाल टेक्न सकेको छैन
ऊ नेपाली हुनुको लिखित प्रमाण पनि केही छैन
अरु त त्यस्तै हो
जिन्दगीभर मिहिनेतले हातखुटृा खियाउँदा पनि
फाटेको दौरा फेर्न सकेको छैन
ए देश खोज्नेहरु,
मेरो बिन्ती ।
एकपटक त्यो मान्छेलाई भेट्नुहोला
ए देश सोच्नेहरु,
पर्दाभित्रको नायकलाई बुभ्mनुहोला ।
(स्रोत : Freenepal)