~पशुपति कार्की~
अब त अति भो,केही गर्नुस न हजुर
सुबिधा मात्रै ओखती भो,केही गर्नुस न हजुर
अस्त व्यस्त जता ततै,बेरोजगारी भोकमरी
मर्दै बांचेको कति भो,केही गर्नुस न हजुर
बढ्दैछ कुरिती कुसंस्कार ,भ्रष्टाचार र अपराध
कलियुगमा समेत सति भो,केही गर्नुस न हजुर
खाना छैन विद्युत छैन,छैन ग्यास पेट्रोल झनै
पिडा नसोचे जति भो,केही गर्नुस न हजुर
महंगी ले खायो बजार,सकियन किन्न समान
नबिर्सिने छ्ट्पटी भो,केही गर्नुस न हजुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )