यो साल गयो अर्को साल म त आउछु आमा
तिम्रो च्यादर चोली टाल्न चाडै आउछु आमा |
दोकाने बज्यै नयाँ साल फरिया चोली फेर्दिहुन
तिमीलाई नि त्यसै गर्न लाग्ला नि रहर आमा
बर्षउ बर्ष आँखा अघी मलाई नपाउदा
बगेका होलन तिम्रा आश्रु नहर आमा |
तिम्रो काखमा बस्न नपा भईसक्यो बर्षउ बर्ष
तिमीबाट टाढा बस्ने बिचार छैन अब आमा |
बसेकी हौली सुख भोग्ने आसै आसामा
तिम्रो झोली भर्न अब चाडै आउछु आमा |
24 JANUARY 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )