~सिन्धु गौतम~
सूर्योदयसँगै उदाउने
आशाहरु
दिनभरी पृश्वीजस्तै घुमिमात्र रहन्छन्
बिना रोकावट
अनि
अध्याँरीन्छन् सूर्यास्त जस्तै
आकांक्षाहरु पूराहने आशामा ।
यी दिनहरु, वर्षहरु
किन पक्षपाती भइदिन्छन् ?
किन ऊ आज खुसी हुन्छ, सफलतामा ?
अनि
किन उसको रोदन फूट्छ, निराशामा ?
बाच्ने जीजिविषा त पक्कै छ, सबैमा ।
तर किन
मौन छ समय ।
हिजोको वर्षको पुरानो समय
आजको पर्षको नयाँ समय
हिजोका वर्षहरुले दिएका
आततामी समयहरु
नयाँ वर्षको क्यालेन्डर फेरिएझैँ
फेरिन्छन् प्रत्येक वर्ष ।
नयाँ वर्षका उमङ्ग र उत्साह बोकेर
उभिन चाहन्छ सङ्घारमा
मेरो मन
लालुपाते भएर ।