~डायना स्मिथ~
अनु : केशव सिग्देल
रेलको लामो अत्यासलाग्दो सिठीले
संकेत गर्छ विशेष आगमनको
पुड्का मानिस, दाह्रीवाल आइमाई, बाघ र जोकरहरु
र ओर्लन्छन् कन्डक्टरको छोटा, सार्न मिल्ने सिंढिहरु
जात्राका मानिसहरु जादुले चम्किरहेका छन्,
र बेचिरहेछन् नक्कली गहना र भाग्यशाली कुपनहरु
केटीहरु चालमा अडिएकाछन्ः ति फनफनी नाचिरहेका डर्भिसहरु
ठूलो पण्डालमा बनाइएका उडन्ते एक्रोब्याट्सहरु ।
धुँवा र बेसरी भुटिएको तयारी खानाले तुवाँलिएको हावा
मिठो गुलाबी कपासे मिठाई, बदाम र कोला
बच्चाहरु, च्यापच्याप परेका औंलाहरु, लतपत अनुहारहरु
गर्मी आद्र दिनहरु, छिटोछिटो वितिरहेछ
फेरी अर्को शहरमा—यो जात्रा कहिल्यै रोकिन्न
पानी यानका चक्काहरु छड्के भएर घुमिरहन्छन्
आश्चर्यका सोचहरु, अपेक्षाहरुको बढोत्तरी
औंठीहरु खस्छन् र अन्तहीन भग्न यात्रा चलिरहन्छ
दिनहरु सकिँदै जान्छन् र जात्रा टुङ्गिन थाल्छ
सामान ओसार्ने गाडीहरु जनावरहरु लोड गरिरहेछन्
बत्तीको चहक जाँच्दा रित्ता बाटाहरुमा तुवाँलो देखिन्छ
र हराउँछ बाटोसँगै, गर्मी यामको अन्तिम शरण ।
(स्रोत : Nepalikalasahitya)