~अमरजित पुनमगर~
आमाको च्यातिएको चोली पनि उस्तै ।
फेरियो कि भनी हेर्छु भोलि पनि उस्तै ।
सिङगापुर हुन्छ भन्थे झिङगापुर हुँदैछ,
गनाउने नाली बग्ने खोली पनि उस्तै ।
देखाउने दाँत अर्कै चपाउने दाँत अर्कै
भ्रष्टाचारी गिरोहको टोली पनि उस्तै ।
काम गर्नेलाई माम छैन, बस्नेलाई सबथोक
सधै गरीबको रित्तो झोली पनि उस्तै ।
बाँडीचुँडी नगरी सबै लुछाचुडी गर्दा,
भाइ भाइमा चलिरहने गोली पनि उस्तै ।
ओइलाउँदै छन् फूलहरु भत्किदैछन् बगैचा,
तर मालीका चिल्ला आश्वासन बोली पनि उस्तै ।
(स्रोत : Halkaranepal)