~अनामिका शिवानी~
हजुरले नि बाँच्नुपर्छ मैले पनि बाँच्नुपर्छ
परे परोस् दुःख पीडासँगै जुनी काट्नुपर्छ
मुस्कुराउन सिक्नुपर्छ निराश भई हुन्न हजुर
कटाउन जिन्दगी यो आँसु पुछ्दै हाँस्नुपर्छ
मलाई दुख्दा तिमीलाई दुख्ने यी मुटुका घाउहरु
आधा हजुर आधा मैले यसै गरी बाँड्नुपर्छ
हजुर आउनु मलम लाउनु अनिमात्रै कम हुन्छ
अनिमात्रै भत्केको दिल मर्मत गर्न लाग्नुपर्छ
सधैँभरि चोट खप्ने अचानो हो नसम्झनू
दुख्छ मन हो हजुरले नि थोरै विचार राख्नुपर्छ
(स्रोत : KhabarChitwan)