लिटिल ब्याय र फ्याट म्यानका
जाँगरिला जहरहरुको जमर्को ,
घोंडाका चालहरु – ढप् ढप् ढप् ढप्
अनि हिंहिनाहट ,यी मात्र हुन सक्तैनन् युद्धका संकेत ।
उसका कुपोशित क्रन्दनहरु
पूर्ण – श्र्व्य – सक्षम आवाज चाहन्छन् ।
उसलाई थाहा छ
यो छुस्स परेको दाडी अहो !
कहिल्यै मनपर्ने छैन , प्रेयसिलाई ।
र पनि ,
अझै झांगिदो छ ।
ऊ ; मन नपराइन खोज्छ ,खोज्दैछ ।
ऊ ढल्किँदैछ जननीतिर – अलिकती अवकाश चाहन्छ ।
फूलहरुलाई बैंशमा टिपिन्छ जहाँ
के कुरा गर्नु सुगन्धको त्यहाँ
भो रमाऊ अत्तरहरुमा ।
तर सावधान !!काँडाहरु दरिंदैछन् ।
ऊ मुस्कुराउँछ केवल
केही बुझ्यो सम्भवत: ।
माटो रोएको बेला
ऊ सक्तैन अट्टाहास हाँस्न ।
एकाराती नै बास्ने केही भालेहरु
बिहानिको खबरी हुन सक्तैनन् ।
सन्ततिको लागि निश्चित बिहानी चाहिन्छ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )