~मानन्धर अभागी~
पठाउँदैछु जलाइ देउ मेरो यो तस्वीर
ढुङ्गाले हानी फोडे हुन्छ मेरो यो तक्दिर
मुक्त हुन नदे मलाई पिंढीको त्यो ठाममा
बाँधीराख सँधैको निम्ति फलामे त्यो जंजीर
थाकिसकेँ अब हारिसकें खै कति धाउनु र ?
अबदेखि जाने छुइँन फगत त्यो मन्दिर
कसरी मन मेरो जित्यो त्यो अजनवीले
खै कहाँबाट आएछ त्यो अनभिज्ञ मुशाफिर
पठाउँदैछु जलाइ देउ मेरो यो तस्वीर
ढुङ्गाले हानी फोडे हुन्छ मेरो यो तक्दिर ।
मानन्धर अभागी
(स्रोत : Nareedarpan)