~बाबु लामा~
किन मान्छे जन्मिन्छ अनि फेरि किन मर्छ
किन जन्म दियौ भगवान तिमिले भन्नै पर्छ
मर्नै पर्ने हो भने किन जन्म दिन्छौ
आजम्बरी जीवन होईन भने किन शृश्टि गर्छौ
कति अन्याय छ हामिमा तर पनि लाचारी छौ
जन्मिन्दै मृत्यु स्विकार्नु पर्ने तर पनि आभारी छौ
मर्नु नै छ भने किन रचना रच्छौ
अमर जीवन होईन भने किन सृजना गर्यौ
यति शोशन छ हामिमा तर पनि सहनसिल छौ
निश्चित हामिलाई मृत्युले लान्छ तर पनि सन्तोष छौ
बाबु लामा
हाल-मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )