~नारायण वि क “विक्रान्त”~
स्वतन्त्र थिएँ………., जब यो संसारलाई देखेँ
जब कोल्टे फेर्दै उभिन थालेँ
मलाई पिँजडामा बन्दी बनाइयो
आज सम्म पनि म बन्दी नै छु।
दुरदुर सम्म आवाज पुग्ने गरि
चित्कार छोड्छु स्वतन्त्रताको लागि
बुझदैन्न पाषाणहृदयहरुले
जोड जोडले मच्चाउँछन पिँजडा
मलाई भुलाउनको लागि।
मेरै शिल्पकलालाई टाँगेर
अङ्गअङ्गमा सुन्दर बन्न खोज्नेहरु
थाममा सजाई, शुभ साझ बजाउँदै पुज्नेहरु
सुनेर आनन्द मान्ने, धार्मिक व्यापारीहरु
मेरै आवाज मलाई भिख दिन खोज्छन
एक मुठी चारो सँग
एकै घुडीक पानी एक कोष पर देखि।
धेरै पल्ट हिउँ पग्लेर हिम नदीहरु बगे
तर, भिर चढ्ने बाँदरहरु बाँचि नै रहे
अपमानले सिमा काटी सक्यो अब,
उदाउछ बिहानी ज्वालामुखिको ए!
रक्षाबन्धन भिर्ने भक्षकहरु रक्तपात हुनु
पुर्व खोली देउ आँखाका काला पट्टीहरु।
विचारको हत्या गरी बौलाएका सामुन्द्रीक छालाहरुले
किनारामा फ्याँकिएको माछा जस्तो पाशविक व्यवहारहरुले
…… याकुल बनेर यायावरको भेषमा मुमुक्षाको,
नव बिहानी खोजि रहेको छु।
ढुङ्गे युगका सिकर्मीहरु, डकर्मीहरु
मर्मत गर्न छोडी देउ पिँजडा बढेका मेरा नङ्ग्राहरुले
पलपल बज्र खेपेर मजबुत भएका पखेटाहरुले
टुटाउने छन, अमानवीय पर्खाल र जन्जिरहरु त्यसैले,
रक्तपात हुनु पुर्व खोली देउ आँखाका काला पट्टीहरु।
– नारायण वि क “विक्रान्त”
पोखरा/कास्की
हाल अबुधावी युएई
(स्रोत : Helprise)