गरिबका खुसीहरु खोसिएको लेखौँ अब l
शोसकबाट बर्षौदेखि शोंसिएको लेखौँ अब l l
जताततै गरिब नै अन्यायमा परेको छ l
निर्दोष ति अनुहार दोषिएको लेखौँ अब l l
तल्लो जातको दर्जा दिई भिराएर बोक्सी बिल्ला l
अलक्षिणी भनी “गू”मा झोँसिएको लेखौँ अब l l
काम गर्ने एउँटा हुन्छ सधैँ अर्को मोज गर्छ l
ठुला ठाला महाजन पोसिएको लेखौँ अब l l
कहाँ गयो ति दुखिको आगन छोडी गणतन्त्र ?
सयौं आशा नजन्मिंदै ओसिएको लेखौँ अब l l
जस्को शक्ति उस्कै भक्ति यथावत रहनेछैन l
मुक्ति खोज्दै ति शोषित जोसिएको लेखौँ अब l l
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )