~घनश्याम आचार्य~
सपना पनि सपनामा आउन थाल्यौ किन ?
उकाली अनि ओरालीमा धाउन थाल्यौ किन ?
हिजोसम्म प्याप, पप गित गाउने मान्छेले
मुटु जलाउने गीत गाउन थाल्यौ किन ?
मलाई गम्भीर देख्दा आलोचना गर्ने मान्छे
मेरो मुहारमा मुस्कान छाउन थाल्यौ किन ?
अनेक थरी कुरा गरी घृण गथ्र्यौ हिजोसम्म
गफका कुरा गरी पिरती नै लाउन थाल्यौ किन ?
हिंजोसम्म हास्दै बाँच्नुपर्छ भन्ने मान्छे
निरास बन्ने चोटहरु पाउन थाल्यौ किन ?
(स्रोत : Ganatantradaily)