~टीकाप्रसाद पोखरेल~
के दिउँ लौ शुभकामना भन तिमी मनतन्त्रका देशमा
खाद्यमा छ अखाद्य स्वस्थ नहुने नौरङ्गका भेषमा।
चाडैको महिमा अत्यन्त बढिया माया जगत्को रह्यो
ग्रामीणै नगरी अनि सहरमा भाउ नमीठो भयो।
तानातान र हानमार गर्ने हत्या र हिंसा कति?
पीरमा पनि नाक उच्च गर्ने हामी सबै सन्तति?
के खाऊँ अनि लाउँ भन्छ दुनियाँ आधार स्रोतै विना
यो प्यारो जनजिन्दगी कहींकतै नहोस् त हिनामिना।
बालादेखि सुवृद्धसम्म सबका बेथाकथा दूर होउन्
छाप्रा बस्ती र रस्तीका दिलभरि बैगुन हटी गुन रहून।
नेपाली घरमा अनन्त फूलको बास्ना घुमोस् फन्फनी
राती साथ नभई उज्यालो दिन होस् बत्ती बलोस् दन्दनी
ज्वाला ताप प्रकाशले शरीर नै ताती रमाओस् खुबै
भेदैभाव हतोस् मिलेर गति लेऔं पुरुष नारी दुवै।
यो न्यानो शुभकामना छ जनमा मनमा छ चोखोपना
भित्री बाह्य स्वरुप कामहरूमा सौन्दर्यको भावना।
संविधान बनाऔं राष्ट्रहितमा जनार्दनै प्रितमा
नीति शान्ति कुरा अपूर्ण नरहून् केबल मिठा गीतमा
भोका पेट र लाउने जीउहरूमा चीजविज नै हुन् पूरा
मोही भई मेचका खेलाडीहरू होउन् विकासमा नै शुरा
मोही भइ मेचका खेलाडीहरु होउन् विचारमा नै शुरा
अर्काका भरमा परेर नहुने आफै चलौं सारथी
शान्ति भाव बढाउँदै वरपरै ताप्दै गरौं आरती।
शान्ति भाव जगाउँदै वरपरै ताप्दे गरौं आरती ।
टीकाप्रसाद पोखरेल, सुर्खेत
(स्रोत : Majdoor)