~किशोर घिमिरे~
भुलाऊन खोज्छु ती पुराना प्रेमका कथाहरु
मेटाउन खोज्छु कागजमा कोरिएका ब्यथाहरु
सम्झेर ल्याँउदा अतितलाई बाढी नै चल्छ
हुरी बतासले रापेको आगो
दनदनी बल्छ भतभति पोल्छ ।
भुलाऊन खोज्छु हामी हिडेका ति सबै ठाउँहरु
मेटाऊन खोज्छु तिम्रो तास्विर अनि सबै नाउहरु
साँचो र सत्य कुराहरुलाई
मेरा मनका निस्चल भावनाहरुलाई
तिमी ले त बुझ्न सकेनौ, रोज्न सकेनौ
भुलाउन खोज्छु ति पुराना प्रेमका कथाहरु ।
शब्द : किशोर घिमिरे
स्वर-संगीत : प्रमोद निर्वाण
(स्रोत : Weallnepali)