~नवीन प्रजापति~
सहमति र सहकार्य
दुईबीच अन्योन्याश्रित सम्बन्ध
त्यसो त सहमतिविना सहकार्य असम्भव
सहकार्य हुनलाई सहमतिको
आगमन अनिवार्य छ
यहाँ देशी विदेशी कुरा हुन्छ
यहाँ नेता कार्यकर्ताबीच
समन्वय हुन्छ।
तर दलहरुबीच सहमति र सहकार्य
कहिल्यै भएन
यहाँ दलहरु तीन टिकट महाविकटझैं
दलहरु तीनतिर मुख फर्केका छन्।
यद्यपि सहमति र सहकार्यलाई
अन्यौलले छाइदिन्छ।
कसरी भनूँ,
देशको गणतन्त्र उँभो लाग्छ भनेर
हुन त
देशकै शान बढाउन
सगरमाथा विश्वमा चिनाउन,
प्रत्येक नेपालीको स्वाभिमानित्व
पहिचान गराउन,
सहमति र सहकार्य अवश्यम्भावी छ।
दिनको सङ्केत बिहानीले गरेझैं,
नयाँ नेपालको संविधान लेख्न,
दल–दलबीचको सङ्कीर्ण सोच
निमित्यान्न पारी
नेपालीको धुकधुकीलाई साक्षी राखी
आकीर्ण मन वचन लिई
नेपाली धर्ती यहाँ जगमगाउन,
देश निर्माण सार्थक बनाउन,
सहमति र सहकार्य नेताको थेगो नभई
सत्वःमा आई।
जननी जन्मभूमिश्च स्वर्गादपि गरिएशीमा
वचनबद्ध भई सहमति र सहकार्यलाई
निःशर्त सार्थक बनाउनु
प्रत्येक नेता तथा दलको कर्तव्य हो ।
(स्रोत : Majdoor)