मन खोली मेरो आँखा हेर काली भन्थ्यौ।
तिमी फूल बगैँचाको म त माली भन्थ्यौ।
मेरो जीवन् सादा पाना के के चित्र कोर्छौ
कोर !म त सजाउने फ्रेम खाली भन्थ्यौ
आफै भयौ पत्रु जस्तो सत्रु सामु आज
तिमीलाई आकार् फेर्छु सुन्मा ढाली भन्थ्यौ
अर्को पाली भेट्नु अघि मरे माटोमुनि
तिम्ले ला’को गुन तिर्छु यसै पाली भन्थ्यौ
आज किन रिस दोष मै माथि नै पोख्छौ
हुनु पर्छ सत्य “मनु”हुन्न जाली भन्थ्यौ
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)