~राम कृष्ण आचार्य~
ब्यस्तता र सुस्तताले तलमाथि हुन्छ जीवन।।
इष्ट सम्झी हाँसी कहीँ मजबुरीले रुन्छ जीवन।।
लक्ष्य अनि उद्देश्यका पहाडहरु माँझ हुँदा,
उत्ताउलो मनको कुरा सधैं सधैं सुन्छ जीवन।।
गूड्या गाडा गन्तब्यको कहीँ गल्ली कहीँ चोक,
तिनै गल्ली काट्न कति हाथ साथ चुन्छ जीवन।।
एक्लो हुन्न कही पनि सम्झना को साथ् सधैं,
सम्झनामा पिर खुशी फेरी मुटु छुन्छ जीवन।।
(स्रोत : Weallnepali)