~राम प्रसाद पोखरेल~
शिशिरले पाईला टेक्दा, जताततै चिसो,
वालक वृद्धा दुःखी भए, खोजे तातो मिठो।
जताततै हुस्सुछायो, घामको किरण छैन,
पानी पनि जम्न लाग्यो, बल्न थाल्यो मैन।।
(१)
निमोनियाले सताउने भो, बालक बृद्धालाई,
तातोचिल्लो खानाखानु, न्याना लुगालगाई।
घर भित्र बसी रहनु, घाम न झुलकिदा,
सस्थ्य रहन सकिन्छ, बाक्ला लुगा लाउंदा।।
(२)
गरीबले सताएका, भोका नाङ्गा जन,
कतिपीर ब्यथाहोला, रुन्छहोला मन।
एाछाक र एकसरो, पुग्या छैन कहिले,
सडककिनार वासहुन्छ, बारैमास जहिले।।
(३)
आकाशका तारादेख्ने, घरको छानुभित्र,
गहवाट भल बग्दा, छैनन् दानी मित्र ।
तपतप पसिनाको, स्वाद बिस्र्या छैन ,
पानी जम्ने शिशिरले, न्याय दिया छैन।।
(४)
रात कट्रने कसोगरी, छैन आगो तातो,
कठाङ्गीने जाडोबढ्दा, उड्योअब सातो।
आमाबाबु छोराछोरी, सबै पीरैपीरमा,
न्यानाबाक्ला कपडाले,ऋणबढ्छ शिरमा।।
(५)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )