~मीरा आचार्य~
ह्रदयघात भा’को थियाे
साच्चै मुटु चर्किएको थियो
बाेल्दा आवाजमा पीडाको मिश्रण हुन्थ्यो
तिम्रो पिडाको सहज अवतरण गराऊन
मैले माैन ब्रत लिए !
त्यसैले म चुप बसे !
कठीनताहरुमा तिमी बिचलित नहाै
अप्ठ्यारोहरुमा पनि तिमी बाँच्न सक
कोलाहलतामा तिमी शान्त बस्न सक
त्यसैले मैले रुन्चे हाँसो मुस्कुराए !
भकानिएको भाव लुकाउन
आँखाहरु बन्द गरे
म माैन बस्नु र मुस्कुराउनुमा
आँखाका ढकन लगाउनुमा तिमीले
मलाई निर्दयी ठान्याै
र..!!
मेरा चर्किएकाे मुटुमाथि टेकेर
धमाधम सेल्फी खिचेर पोष्ट गर्याै
पीडाको बिचित्रता प्रचार गरेर
मेरो नाममा भिख माग्याै
र त्यहि दानको रकमले मेराे उपाचार गर्ने नाममा
भोज लागायाै, क्याल्कुलेटर थिचेर
तिम्रो पकेट पोटिलो बनायाै ।
मेरा बिछिप्त अङ्गका टुक्राहरु टिपेर
तिम्रो घरमा पुरातात्वक सङ्ग्राहलय बनायाै
दिक्दार लाग्छ तिम्रो मुकुन्डो देखेर
जब भ्रष्टताको शरीर छोप्न
तिमी त्यागीको कुटीमा सेल्फी खीच्न पुग्छाै
तिम्रो निचताको कुनै सीमा छैन
घृणाको लागि पनि तिमी योग्य छैनाै
योग्य छैनाै..!
त्यसैले तिम्रो फोहोरी मुहारको
सुन्दर मेकअप देखेर म मुस्कुराउने गर्छु !
(स्रोत : Janaboli )