होस् दिगो शान्तिको स्थापना एसपाली।
सबै नेपालीमा शुभ कामना एसपाली।
दन्त्य-कथा भयो राज्य पुरानो प्रभुको,
गर्ने त्यो परकै कुरा प्रार्थना एसपाली।
रक्ष्या गर्छु भन्नेले नै तोडेको देखियो,
हुनुपर्यो कानूनको पालना एसपाली।
तिनैले पुराये माथि, खसाल्न के बेर,
जनताकै गर्ने कि आराधना एसपाली।
गाढ्यो भने आँखा,माटोमाथि कसैले,
आइपरे गर्नैपर्छ सामना एसपाली।
छरिएका जुनतारा मिल्नुपर्छ अबदेखी,
ज्योतिपुञ्ज एउटै चाहना एसपाली।
होस् दिगो शान्तिको स्थापना एसपाली।
सबै नेपालीमा शुभ कामना एसपाली।
चैत ३१,२०६६
सुरेश ज्योतिपुञ्ज
(स्रोत : नेपाली गजल गुगल ग्रुप )