सयौ पटक
फसाईेएका
झुक्काइएका
सिर निउराइएका
पुर्खाहरुको
नाहाङ माङ्हेना उठाएर आउ ।
तिमी
र,
म, हामीहरु उभिएको माटोलाई
अपमानित
अपवित्र बनाइएको छ,
सेक्मुरी,अन्दङ,नाम्योबाहरु
कलसमा राखेर
फेरी कहिलै
नओईलिने अजम्बरी
फूल फुलाएर आउ ।
हो !
तिमी,
र
म, हामीहरुले
जिवनको पहिलो पाइला
त्यही माटोमा राखेका थियौ,
जिवनको पहिलो
र
कलिलो आसाहरुले भरिएको
मुस्कान सहित्
त्यही माटोलाई
चुमेका थियौ,
हो ! त्यही माटो
त्यही भूमीलाई
पवित्र र शुध्द बनाएर आउ ।
भत्काइएका
हिलिहाङ, सुम्हालुङ
याङ्वरक,पान्थर,छथर
यकहरुको एतिहासिकताहरु
पुन: निर्माण गरेर आउ,
फक्ताङ्लुङ,सेसेलुङ,फालेलुङ
माङ्-युक्नाहरु
उहिलै
हाम्रो हाङ्-युक्नाहरु हुन्,
यीनिहरुको उचाइ
अझै अग्लो पारेर आउ ।
कयौ जितहरुको ईतिहासलाई
जिवित पार्दै
फेरी यो माटोहरुमा
बार-बार सङ्ग्राम
लड्न नपर्ने गरी
अर्को एउटा
अन्तिम जीत बोकेर आउ,
तब
तिमी,
र
म, हामीहरु सबैले
हाम्रै संसार,
हाम्रै दुनियाँ
हाम्रै हातहरुले
पुर्खाको सपनाहरुलाई पुरा गर्दै
हाम्रो पुस्ता
र
भाबी पुस्ताको लागि
यो माटोलाई
एउटा समृध्द
मूभिमा परीणत गर्न सकौ
उही सत्य बिपनाहरु लिएर आउ ।
गोली,बारुद
खुडा खुकुरी भन्दा
बलियो हतियार त
तिमी
र,
म, हामीसँग
“मुन्धुम” पो छ
त्यही मुन्धुमको
जगेर्णा गर्न,
त्यही मुन्धुमको
भर्र्याङ् चडेर आउ,
हामी तिम्रो पर्खाइमा छौ ।
भाषिक अर्थहरु:-
नाहाङ् माङ्घेन – सिर उठाउनी घर मुलिको
सेक्मुरी –
अन्दङ -बाबरी फूल
माङ-युक्ना – देब स्थान
हाङ्-युक्ना -राजा बस्ने ठाउँ
मुन्धुम – लिम्बु बेध
नाम्योबा -तितेपाती
१२-१२-२०१२
बिरानो देशबाट
सुजन सेलिङ “लुङमाहिम साँहिला”
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )