विदेशीको त्यो चलखेल , यो देशमा प्रभाव भो
यौटा – यौटा जिउँदो , जङ्गबहादुरको अभाव भो
राजनीति – कूनीति , भ्रष्टाचार – अत्याचार
हिजोभन्दा झन आज , प्रशासन खराब भो
छाप्रोमा न अटाएका , जहाँ महल ठड्याए पछि
यहाँका नेताहरूमा , विचित्र स्वभाव भो
कसैले भनेका थिए , जनताहरू भेंडा भनेर
ईमान्दार सबै खराब , हो सतीको सराप भो
प्रजातन्त्रको नाउँमा , देश खाल्डोमा जाक्दैछ
विदेशीले देश भाँड्न , आर्थिक लगाव भो ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )