हाँसेर हिड्ने क्रममा, यहाँसम्म अाइएछ ।
अनिश्चित यो जनममा, यहाँसम्म अाइएछ ।
अागो र फूलजस्ता रहरहरू सजार्इ
सङ्धर्ष परिश्रममा, यहाँसम्म अाइएछ ।
कहिले बनेर यात्रा, कहिले बनेर यात्रु
केहि दिनको रमझममा, यहाँसम्म अाइएछ ।
मान्छे भएर मान्छे, सितै लडेर हर दिन
खेल जित्ने उपक्रममा, यहाँसम्म अाइएछ ।
जन्मेर मर्नु छ फेरी, मरेर जन्मिनु छ
यस्तैयस्तै भ्रममा, यहाँसम्म अाइएछ ।
हाँसेर हिड्ने क्रममा, यहाँसम्म अाइएछ ।
अनिश्चित यो जनममा, यहाँसम्म अाइएछ ।
खगेन्द्र गिरी ‘कोपिला’
नेपालगञ्ज–१, बाँके
(स्रोत : Nepaligajalsansar)