~हिरण्य भोजपुरे~
नाम सुन्दरी आकासे चुन्नरी
तिमीजस्ती राम्री छैन अर्की किन्नरी ।
सत्तु पीठो कत्ती मीठो
मोहनीले छुँदो रै’छ कत्ती छिटो ।
मलमल टालो केले गाल्यो
विरहले हियारामा आगो बाल्यो ।
आँखा तिर्मिर देख्छु किर्मिर
तिम्रै मात्र फोटु बस्छ मनमा मिर्मिरे ।
रचनाकाल : ४ फाल्गुन २०६०
स्वराङ्कन : ४ चैत्र २०६०
शब्द-सङ्गीत-स्वर : हिरण्य भोजपुरे
याल्बम : एक अँजुली घाम
(स्रोत : साहित्य संग्रहालय – याल्बम : एक अँजुली घाम )