~कविराज मगर~
आकाश मुनि छहारीमा गरिबको बास हुन्छ
कैले भोको पेट खाई कैले आधा गाँस हुन्छ ।
टालटुल गरि लाको कोट पनि फाटे पछी
फ्याकिएको भोटो पनि उसलाई खास हुन्छ ।
कस्ले दिने माग्नु पनि बाँकी कुनै साहु हुन्नन
थाकी सक्छन मनहरु तर पनि आश हुन्छ ।
बिचरा ती बाल बच्चा रुदै हुन्छन छटपटाउदै
भोको प्यास मेट्न नपाई कतिको त लास हुन्छ ।
किन हेला गरिबको साहारा बिना हुँदा पनि
गरिब पनि धनि जस्तै बाँचुन्ञेली सास हुन्छ ।।
कविराज मगर
दिप्लुङ १ केराबारी
खोटाङ
(स्रोत : Nareedarpan)