~दयामोहन आचार्य~
लुगा किन्ने निउ पारी रेष्टुरामा पसिन मजाले
रक्सी मासु खानलाई कसैसंग बसिन मजाले
भन्न त भन्थिन हजुर त कस्तो शंका गर्नी छीः
तर अहिले अर्कैको लाली पाउडर घसिन मजाले
स्वर्ग जस्तै संसार थियो तर भुलिन उनले
छिमेकी ईष्टमित्रलाई समेत डसीन मजाले
उन्को हात्मा एउटा सामसुङ मोबाईल थियो
आखिर तेही लिएर कुलेलम कसिन मजाले
गर्नु गरेको भए पो राम्रो हुन्थ्यो अहिले
जिन्दगीभरी पश्चातापमा फसिन मजाले
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )