~रामकृष्ण सुनुवार ‘आँकाला’~
गम्लङ्गै धुँवाको कम्मल ओढेर
रात गुजार्न बाध्य छ ।
विषालु कार्वन मनोअक्र्साईडमा
श्वास फेर्न बाध्य छ ।
क्षणभरको जिन्दगीमा
तिम्रो खुशीहरु कैद छन्
कतै रक्त पिपाषु टाटे बाघको
वा चीलको पञ्जाभित्र
सुन्दर, शान्त र स्वच्छ मष्तिष्क
कैद छ केही हदको लागि
स्वतन्त्रताको खोजीमा
चटपटाउन सक्दैनौ
बिचार व्यक्त गर्न सख्त मनाही छ ।
प्रत्येक गास खुवाईमा
अलिकति दुषित हावा मिश्रति हुन्छ
हरेक घुट्को पियाईमा
विषालु हावा मिश्रति हुन्छ
चीर न्रि्रामा समेत
विषै विष सुस्काउँदै छौ
यो किन हुँदै छ –
मात्र बाध्यता ओकलिंदै छ ।
तिमी धुँवाको कार्पेट ओछ्याएर
ग्याँस च्याम्वर भित्र बन्द जिन्दगीलाई
बन्धक राखेर सारा भविष्य
स्वणिर्म सपनामा डुबुल्की मार्दै छौ
तिम्रो आँखाको रोशनी हराए
शायद कसैले तिम्रो बाटो हेरी देलान्
त्रि्रो फोक्सो थोत्रिंदा
कसैको कृतिम अङ्गले बाँच्न सकौला ।
रक्त स्नायु तथा मष्तिष्कमा
खिया लागेको दिन
तिमी बेहोशीमा
भिक्षा माग्दा बेवास्ता गरिंदा समेत
सोंच्न सक्ने छैनौ,
बोल्न पाउने छैनौ
चौबीसै घण्टा कालो विषालु धुँवामा
किन चुपचाप रमाई रहेछौ –
मात्र तिम्रो बाध्यता ओकलिंदै छ ।
_________x__________
हाल: इराक
(स्रोत : विश्व नेपाली साहित्य महासंघले प्रकाशन गरेको कवि रामकृष्ण सुनुवार ‘आँकाला’को कविता संग्रह “सन्तानहरू” बाट सभार)