~बाबु लामा~
हिउँ जस्ती गोरी, हिमालकी छोरी
मन पर्यो मलाई, लजालु मोरी
गुराश टिपी, चुल्ठो सझाई दिउला
मुटुको माझ, तिमीलाई लुकाई राखुला
ए डाफेसङ्गै नाच्ने, हिमाली परी
सल्लाको सुसेलीसङ्गै बोलाउला, आउनु है
झर्नाको झन्कारसङ्गै बोलाउला, झर्नु है
ए कोईलिसङ्गै गाउने, हिमाली परी
बाबु लामा
हाल-मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )