~विवश पन्त ‘शिब’~
लुगा लगाएर
खुट्टामा जुत्ता भिरेर
आफ्ना बहुरङ्गी टाउकालाई
टोपी भित्र लुकाएर
अनी निधारमा चन्दन धसेर
नवाज रटेर, गिता कण्ठ गरेर
लामा पढेर , बुद्ध मानेर वा बाईबल घोकेर
आमाको आसिबार्द थापेर
बितेका बाबुको आदर्शबादी लठ्ठी घुमाएर
शुद्ध दुधमा मोसो घोलेर
टेको लगाएर ठड्याएको घरमा
जबर्जस्ती जहाज ल्यान्डिङ गराउने
र दिन भरी नक्कली सन्तको बाँसुरी फुकेर
रात बिहान चिहान घारीमा मान्छेको लास लुछ्दै गरेका
खैरा अनी काला रङका बौडाई र गिद्धको जुनी लिएका मान्छेहरु
को हुन भनेर
बर्षौँ देखी चिनिरहेछ
नजिकैको पाटीबाट हेरीरहेको
बौलाहाहरुको नजरमा बौलाएको मान्छेले
बर्षौँ देखी चिनिरहेछ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )