~बद्री विनोद प्रतीक~
न्यूयोर्क सहर, विश्वको राजधानी सहर । म्यानहाटनका गगनचुम्बी भवनहरू । त्यो दिन वल्ड ट्रेड सेन्टरको टुप्पोबाट विस्तारै उज्यालो हराउँदै थियो । घडी हेरेँ ९ बजेको रहेछ । जून महिनाको २८ तारेख । सूर्य अस्ताउने तरखरमा छ । इष्टरिभर र हडसन रिभरको चिसो हावा मन भित्रभित्र छिरिरहेको छ । यताउता हेर्छु सबै ठिक ठाक छ । रातीसम्म पनि उज्यालो छ । चहलपहल घटेको छैन । “समर सिजन यस्तै हो” ऐलेन पार्कर बोल्यो । मेरो मनको प्रश्न खै कसरी बुझ्यो उसले । कुनै प्रश्न नराख्दै मेरो अनुहार हेरेर उत्तर दियो । मनोविज्ञ एलेनको क्षमतालाई धन्यवाद दिए ।
शुक्ररबारको दिन थियो । न्यूयोर्क विश्वविद्यलायबाट निस्कादै गर्दा ऐलेनले भन्यो– “आज म तलाई टाइम स्क्वायर घुमाउँछु ।”
अमेरिका आएको भरखर छ महिना हुँदै थियो । नजिकै भए पनि टाइम स्क्वायर घुमेको थिइन । टाइम स्क्वायर यही हो भन्ने थाहा थियो । तर रातमा मात्रै टाइम स्क्वायर बिउतिन्छ भन्ने थाहा थिएन । ऐलेनको प्रस्तावलाई हुन्छ भनिदिए ।
रात छिप्पिँदै थियो । टाइम स्क्वायर मात्तिदै थियो । न्यूयोर्कको भूमि र युवाहरूको मुटु एकसाथ हल्लेको थियो । अङग्रेजी सङ्गीतको चर्काे धून रङ्गीन वल्बहरूले फ्याकेको उज्यालोमा युवा आकृतिहरू विचित्रका देखिन्थे । आ–आफ्ना जोडी लिएर सङ्गीतको धूनसँगै उफ्रिएका युवाहरूले हामीलाई पनि उक्साइरहेका थिए । खुल्ला र अर्धनग्न शरीरबाट निस्किएको पसिनाबाट परफ्युमको बास्नालाई बिगार्न थालिसकेको थियो । भीड भित्रका उत्ताउला नृत्यहरूले सुषुप्त यौनलाई विस्फोट बनाउन खोज्दै थिए । हामी केहीबेर तिनै कामूक दृश्यहरू हेरेर बसिरह्यौ ।
सडकको छेउमा साना साना ठेलाहरू थिए । ऐलेनले ठेला वालालाई दुई प्लेट चिकन बनाउन लगायो । उसले सिन्कामा सेकाइरहेको चिकेनलाई एकपटक थिचथाच पार्यो । कोइलामा फर्काइ फर्काइ सेकायो । प्लेटमा राख्यो, थोरै मसला नून र कागतीको रस हालेर दियो । भोक लागेको थियो निकै स्वादिलो मानेर खायौ । ऐलेनले वाइन पनि माग्यो । त्यो पनि खायौ । हल्का वाइनले छोयो । विस्तारै लाज पनि कम भयो । हामी पनि त्यै भीडमा पसेर नाच्यौ ।
नाच्दा नाच्दै थाकिएछ । थुचुक्क पेटीमा बस्यौ । छेउ छाउका रेष्टुराहरूबाट रक्सी मासु र थरी थरीका पेय पदार्थहरूको गन्ध आइरहेको थियो । एलेन जोसियो वाइन र चिकेन फेरि लिएर आयो । त्यहीँ बसेर खाइयो । वाइनको नसा चढ्दै थियो । ऐलेन उठेर अर्काे छेउमा गयो । म त्यही बसेर अर्धनग्न छातीबाट उछिट्टिएका पोटिला स्तनहरूमा युवाहरू लुटपुटिएको दृश्य हेरिरहे । सुरुमा मलाई ती दृश्यहरू अश्लील र भद्दा लागे पनि यति बेला रोमान्चक लागिरहेको छ । कता कता मलाई ती भद्दा र यौनिक क्रियाकलाप सुन्दर प्रकृतिको उपहार जस्तै लाग्न थालेको छ ।
केही बेर पछि ऐलेन आयो उसले मलाई सुटुक्क भन्यो “हामीहरू पनि केटीहरू लिएर नाचौ ।”
“कुन केटी लिएर नाच्ने ?” मैले सोधे ।
“म मिलाउँछु, बीस डलरमा केटीहरू पाइन्छ ।” उसले भन्यो ।
“ए हो । ल मिला न त ? हेरौ ?” मैले पत्यार नलागी नलागी जिस्क्याएँ ।
एलेन हौसियो । मलाई त्यही छोडेर ऊ फेरि अर्काे छेउमा गयो । केही वेरमै दुई केटीहरु लिएर आयो । मेरो अगाडि उभ्यायो र भन्यो “एउटी रोजेर लिई ।”
म धर्मशंकटमा परे । ठट्टै ठट्टामा दुई जना पठ्ठी केटीहरू लिएर आयो । एक छिन त बोल्न पनि सकिनँ । उनीहरूलाई एकोहोरो हेरिरहे । लाज लाग्यो कहिले एलेन तिर त कहिले केटीहरूतिर आँखा डुलाइरहे ।
रातको ११ बजिसकेको थियो । वातावरण झन झन उत्तेजित हुँदै थियो । कोही नाचिरहेका थिए । कोही उफ्रिरहेका थिए । एकथरि थाकेर सडकका पेटीहरूमा पल्टिरहेका थिए । आ आफ्ना प्रियसीहरूसँग गाला जोडेर वार्तालाप गर्नेहरूको पनि कमी थिएन । भुइमै सर्पझै लठ्ठो वाट्नेहरूको पनि कमी थिएन । एकथरि पिइरहेका थिए । भित्ताभरि विज्ञापनका क्लिप्सहरू फेरिइरहेका थिए । रङ्गीन बल्बको उज्यालोमा अङ्ग्रेजी गीतको चर्काे धूनसँगै नाच्ने युवा जोडीहरूको कमी थिएन । जति जति रात छिप्पिादै जान्थ्यो उति उति भिड थपिँदै थियो । ऐलेन ती युवतीहरूसाग जिस्किइरहेको थियो ।
मैले ठट्टा जस्तो ठाने । केही नबोलिकन हाँसी मात्र रहे । एलेनले फेरि भन्यो–
“त किन चुपचाप हाासिरहन्छस् । कुन मन पर्छ । एउटीलाई रोजेर लैजा । मज्जासँग नाच ऊसँग ।”
ऐलेन पनि मज्जाले हाँस्यो । भन्यो उसले– “दुवै राम्रा छन् किन अप्ठ्यारो मानेको ।”
साथीको आग्रहलाई टार्न सकिनँ । अगाडि उभिएका दुइटीमध्ये एउटी अलिकति होची र रातो वर्णकी थिई । ऊ तिर सङ्केत गरेर मैले “हाई” भने । ऊ पनि मुस्कुराउादै “हाइ” भन्दै अगाडि आई । उनीहरू दुवै हाम्रो निर्णयको पर्खाइमा थिए । अर्कीलाई एलेनले लिएर गयो ।
एलेन र म दुवैजना काली केटीहरू लिएर नाच्न थाल्यौ । वाइनको हल्का जोश छादै थियो । केही वेर बेस्सरी नाच्यौ । कम्मर चिम्टाले झै च्यापेकी थिई उसले । घरी घरी मुखमा मुख जुधाउन खोज्दथी । मलाई उसको अनुहार र आँखाले पछारिरहेको थियो । उसको कामुक हेराइले घाइते झौ भएको थिए । जीवनमा पहिलो पटक विदेशी केटीको हात समाएर नाचेको थिए । मेरा पूर्खाहरूले नेप,ाल छोडेर कतै गएनन् । उनीहरु नेपाली भूमिमै विलाएँ । म केही न केही गर्छु भनेर अमेरिका आएको थिएँ । साथीको सङ्गतले छ महिनामै विदेशी केटी लिएर नाच्न थाले । वाइन पिउन थाले । अब के–के हुने हो थाहा छैन । नेपालमा रहेकी प्रेमिकाले यो सब थाह पाइ भने के गर्ली ? नाचिरहँदा पनि मनको भित्री सतहमा यस्तो भाव उर्लिरहेको थियो ।
घण्टौ पछि एलेन थाकेछ । ऊ मलाई खोज्दै आयो । उनीहरु दुवै जना पसिनाले भिजेका थिए । हाम्रो अगाडि थुचुक्क बसेर एकले अर्काेलाई आगालोमा बााधेर म्वाइ खाए । म पनि उसको छेउमै बसे । काली केटी पनि थुचुक्कै बसी । एलेनले हाास्दै भन्यो–
“थाकिस ?”
“थाकेको छैन ।”
“थाकेको छैन रे ।” ऊ हाँस्यो ।
भन्नलाई जे भने पनि म थाकेर लत्रक्कै परेको थिए । खुट्टा दुखेर उचाल्नै नमिल्ने भएका थिए । कम्मर फुट्ला जस्तै भएको थियो । थकाइसागै भोक पनि लागिसकेको थियो ।
एलेनले जूस ल्यायो । हामी सबैले जूस पियौ । कोइलाले पोलेको मासु पनि ल्यायो । चारैजनाले एक एक प्लेट लियौ । दुई बोतल वाइन पनि ल्यायो । मिलेर त्यो पनि पियौ । पउिादा पिउादै हाम्रो शरीरमा फूर्ति बढ्न थाल्यो । केटीहरू वाइनको नसामा झुम्न थाले । ऐलेनले सुटुक्क मेरो कानमा मुख जोडेर भन्यो ।
“वीस वीस डलर थपिदिउ र यिनीहरूलाई लिएर होटलमा जाऊ ।” ऐलेनको प्रस्तावले म त झसङ्ग भए । सागै नाचेका केटीहरू सिङ्गै रात होटलमा बिताउने कुरा गर्छन् ? के भन्छ यो एलेन । मलाई त विश्वासै लागेन । अविश्वास भित्रैबाट ऐलेनलाई सोधे– “तँ के भन्छस् ? के यी केटीहरू हामीसँग रातभरि सुत्छन् ? बीस बीस डलर थपिदिएपछि ।’
हो सुत्छन् । तालाई पत्यार लागेन ? उसले प्रतिप्रश्न गर्यो । यति सस्ता छन् यिनीहरू । मैले आश्चर्य प्रकट गरे । वाइनको नसाले छोपेको थियो । मैले काली केटीलाई आफूतिर तानेर छातीमा टाँस्दै भने– “तिम्रो नाम के हो ?
“लिजा” उसले आफ्नो नाम बताई । मलाई हेरेर इच्च हाँसी । उसको हेराई र हाँसोमा माया थियो । मैले पूर्णिमालाई सम्झे । पूर्णिमा मेरो छातीमा टाउको राखेर यस्तै आँखाले मलाई हेर्थी । यसरी नै आगालोमा झुण्डिएर जीवनभर सागै बाँच्ने कसम खान्थी । लिजाले सँगै बााच्ने कसम त खाइन तर पूर्णिमाले झै माया दर्शाउन भने कमी गरिन् ।
मलाई उसको बारेमा अरू केही सोध्न मन लागेन । सोधे पनि सही उत्तर पाउन सकिँदैन । विना काम समय खर्चनुको अर्थ पनि छैन । झट्ट हेर्दा अफ्रिकी तथा मध्य अमेरिकी मुलुकबाट यहाँ आएकी हो, त्यसमा शंका छैन ।
जे होस् सँगसागै नाचे पछि छातीमा छाती जोडिसकेपछि । तातो स्पर्शले तताई सकेपछि माया त लाग्दोरहेछ । किन किन मलाई लिजा प्रति माया लागेर आयो । मलाई लीजा मन पर्न थालेकी थिई । ऐलेनले मेरो कानमै आएर खुसुक्क भन्यो– दुई जनाको जम्मा चालिस डलर हो । त चिन्ता नगर मैले सबै मिलाई सके । होटलको रुम पनि बुक भैसक्यो । ट्याक्सीमा लिएर जाऊ । यति सस्तोमा यस्ता फ्रेस केटीहरू पाइँदैन । यिनीहरू भरखर आएका हुन् । धेरै कुराको मेसो पाएका छैनन् ।
एलेन दायाँबाया केही सोच्दो रहेनछ । म भने निकै दुविधामा परे । गाउाबाट घरजग्गा बैंकमा राखेर बाबाले अमेरिका पठाएको सम्झे । मेरै लागि सम्पूर्ण जीवन समर्पित गरेर बसेकी पूर्णिमालाई सम्झे । पन्ध्र वर्षदेखि थलिएर बााचेकी आमालाई सम्झे । अमेरिका आएको छ महिना नपुग्दै वाइन पिउने, डिस्को नाच्ने, भाडाका केटीहरू लिएर होटल होटलमा गएर सुत्ने । मनले पटक्कै मानेको छैन । तर साथी भनेको साथी नै हुादो रहेछ । साथीको सारमा जस्तो सुकै अपराध पनि गरिन्छ भनेको सााच्चै रहेछ । मन भरि तरङ्ग खेलिरहेको थियो । भाइवरमा पूर्णिमाको कल आयो । मेरो स्वास्थ्य र पढाइको बारे पहिलो चिन्ता प्रकट गरी । कति विश्वास छ म प्रति उसको ।
एलेन सिधै कुरा गर्छ । ऊ केही कुराको चिन्ता लिादैन । सम्भ्रान्त परिवारको सदस्य हो । सरकारी सेवाबाट रिटायर्ड एलेनका बाबु आमा निजी कम्पनीमा काम गर्छन् । उसलाई नपुग्दो केही छैन । ऊसाग दाजिएर हिाड्न मेरो औकातले दिादैन तर पनि आज मैले ऐलेनको प्रस्तावलाई नो भन्न सक्दिन । जति सोचे पनि निष्कर्ष एउटै थियो एलेृनले जे भन्छ त्यही गर्नुपर्ने । पछिको कुरा जे होला मैले “हुन्छ” भनि दिए ।
एकैछिनमा उसले मोल घटाएको कुरा ल्यायो । पन्ध्र पन्ध्र डलरमा कुरा मिल्यो । ट्याक्सी खर्च बच्यो । ल हिाड सब कुरा मिल्यो । अब रातभर मस्ती गर्ने हो । उसले केटीहरू बोलायो, ओके ल हिाड भन्यो ।
लिजा मेरो छेउमा उभिएर मुस्कुराई । मेरो हात समाउन आई । हल्का म्वाइ खाई । आफ्नै वाइफ्रेण्ड जस्तै सम्झिई । न्यासी पर्दे कम्मरमा हात घुसारी, मेरो हाफ पेन्टको पेटीमा हात राखी । शरीरमा खस्रा खस्रा काडा उम्रेको अनुभूति गरे ।नाच्दासम्म केही नभएको यो पवित्र शरीर नष्ट हुन लागेको सम्झे । लिजाको अनुहारमा एकोहोरो हेरेर टोलाइरहे ।
एलेनले पहेलो ट्याक्सी बोलायो । हामीहरू ट्याक्समिा बस्यौ । ऐलेनले ड्राइभरलाई होटलको ठेगाना टाइप गरायो । उसले जिपिएसमा ठेगाना टाइप गर्यो । ट्याक्सी गुड्यो । टाइम स्क्वायरबाट गुडेको १५ मिनेट नहुँदै होटलमा पुग्यौ । बुक गरेका एक एक वटा रुम लिएर पस्यौँ, बत्ती बाल्यौ, झ्यालका पर्दाहरू लगायौँ ।
प्रकाशित: भाद्र १९, २०७२
(स्रोत : कान्तिपुर – साप्ताहिक)