~बिमल स्पर्श~
भन्न त नहुने हो मन पर्दैन भनेर तर मलार्इ दशै, तिहार मन पर्दैन । उसो र थुप्रै दशै र तिहारहरु लाई बेवास्ता गरेको छु मैले । हामी जस्ता लाखौ युवाहरु जो देश भन्दा बाहिर श्रम बेचेर बसिरहनेहरू लाई यो दशै, तिहार पटक्कै मन पर्दैन । दशैको र तिहारको दिन पनि बासी रोटी र पानीले पेट भरेर काम गर्नुपर्ने बध्यता एकातिर छ भने अर्को तिर घरपरिवार साथिभार्इ र प्रियसी सँग टाढा हुनुको पीडा…..
“मन अमिलो भएर आउँछ दशै, तिहार शब्दले हरेक परदेशीको । दशै, तिहार त आउँछ जान्छ तर यिनै दशै तिहारले कसै कसैलार्इ गहिरो चोट पनि दिएको हुन्छ भुल्नै नसक्ने गरि । आज छुट्टिको दिन,कान्छासँग भेट्ने योजना छ मेरो । प्लस टु पढ्दा देखिको मेरो साथी पारिवारिकरुपमा त्यति जानकारी नभए पनि ब्यक्तिगत रुपमा भने राम्रोसँग उठ्बस गरेको छु मैले कान्छासँग । राम्रो संग चिनेको छु कान्छालाई । खासमा उसको नाम सिरिस हो । तर उसलाई सबैले कान्छा भन्छन । तर किन कान्छा भन्छन था छैन मलाई । कान्छो अरब तिर छिरेको नि पाँच बर्ष भएछ । दैनिकजसो ईन्टरनेट तथा फोनबाट कुराकानी भएपनि भेटघाट भएको थिएन कान्छासंग । तर आज समय हाम्रो थियो । बितेका पाँच बर्षका तिता मिठा अनुभवहरु थुप्रै थिए हामीसँग ।
सायद दिउँसोको तिन बजेको हुदो हो,कान्छाले फोन गर्यो दाई कहाँ हो तपाई ? उमेरले थोरै कान्छो नै छ म भन्दा, फेरि उसले दाई भन्नुमा मैले एककिसिमको मिठापन पाउँछु, आफ्नोपन भेट्टाउछु । नेपाली चोकको “मेट्रो स्टेशन” निर छु मैले उत्तर दिएँ एकै छिन ल उसले हतारिदै भन्यो । ओके ! म उसको पर्खाइमा थिएँ । सँगै गएका साथिहरु तितर बितर भैसकेका थिए,पछाडिबाट आबाज आयो अहो ! कत्ति मोटाउँनु भएछ ! कान्छाले बोल्ने बाटो बनायो कहिल्यै मोटो नभएको म अहिले के देख्यो कान्छाले थाहा भएन,प्रतिउत्तरमा म फिस्स हाँसे र उ पनि हाँस्यो ।एकछिन मौनता छायो हेराहेर मात्र भयो हामी बिच,मानौ कि उ कान्छा होइन कान्छी हो । मौनतालाई भंग गर्दै कान्छा बोल्यो जाउँ दार्इ मेरो कोठातिर । मैले मुन्टो हल्लाएँ अनि लागे उसको पछी पछी जसरी केटाहरु आफ्नो यौन प्यास मेटाउन डेराका गल्ली गल्लिमा बसेका यौनकर्मि लेडिजका पछि लाग्छन् । केहिबेर साघुरो गल्ली हिडेपछी अग्लो बिल्डिङ्मा ल्याइपुर्यायो र भन्यो यहि हो दार्इ अाउँनुस न भन्दै भर्याङ् उक्लियो म पछि लागे । अग्लो बिल्डिङको तेस्रो तलाको भर्याङगनिर उसको कोठा रहेछ । सानो कोठा समानहरु छरपस्ट थिए । सायद दिनभरिको कामको थकानले लखतरान उ कोठामा यत्तिकै पल्टिन्थ्यो होला ।
एकटकले नियाले,उसको सानो लथालिङ्ग भएको कोठामा आँखाहरु पंखा झै घुमिरहेका थिए । एक्कासी मेरो आँखाहरु रोकिए जहाँ सानो टेबुलमा केहि डायरीहरु राखिएको थियो । दार्इ बस्दैगर्नुस न म चिया बनाउँछु है ! कान्छाले मेरो भावना भङ्ग गर्दै भन्यो र लाग्यो चिया बनाउँन । म आतुर थिए ति डायरीहरु हेर्न । मैले एक डायरी के उचालेको थिए केहि पुराना तस्वीरहरु संगालेर राखिएको रहेछ, छरपस्ट भएर भुर्इभरी छरिए । म तस्विर बटुल्दै थिए, एक्कासी मेरो अाँखा एउटा तस्विरमा अडियो । म एकोहोरिए त्यहि तस्विरमा । तस्विर उहि निलिमाको थियो जसलार्इ उसले बारम्बार सपनामा देख्ने गर्दथ्यो । जब प्लस टु को पिरियडमा निलिमालार्इ हकिकत देखेको थियो त्यसै समय देखी उसले निलिमाको तस्विर कहिल्यै साथमा छुटाएन । कत्ति माया गर्थ्यो निलिमालार्इ कान्छाले त्यो मलाई मात्र थाहा थियो । तर पनि निलिमालाई कहिल्यै भनेन अथवा भन्न सकेन माया गर्छु भनेर । आशा त थियो कान्छामा निलिमालाई एक दुइ घण्टा एकान्तमा भेटेर त्यो सपना बताउने । आखिर के छ त सम्बन्ध उ सङग ? किन बार बार निलिमा आउँछे सपनामा ? भनेर तर अहँ कहिल्यै त्यो समय मिलेन कान्छालाई । त्यहि समय कान्छाले चिया लिएर अाँएछ, दार्इ के भयो ? ल चिया पिउ, म झस्किएँ । एक मनले सोधु सोध्न मन लागेको थियो निलिमाको बारेमा कान्छालाई । तर उसको खाटो बसेका घाउ बल्झिने हुन कि भनेर आँट गरिन ।
चियाको चुस्किसंगै हामीहरु तितामीठा कुरा गरिरहेका थियौ । नजानिदो पाराले अझै मेरो आँखाहरु उसको कोठामा दौडिरहेकै थिए । यत्तिकैमा मेरो आँखा एक्कासी उसको सिरानीनेर अडिए । जहाँ एउटा सुन्दर पँहेलो डायरी थियो । डायरी निरै एउटा सुन्दर तस्विर पनि थियो । तर निकै पुरानो लेमिनेसन गरेर खुब जतनले राखेको थियो कान्छाले । यति पुरानो तस्विर कसको हो ? कति जतनले राखेको ?? मैले जान्न चाहे । उसले कुरा अर्कै तिर मोड्यो सायद यसबारे बोल्न चाहेन । समय धेरै थिएन हामीसंग साझ पनि परिसकेको थियो । यत्तिकैमा मैले प्रश्न गरे, कान्छा ! यतिका बर्ष भएछ अरब छिरेको यस पालिको दशै, तिहारमा त पक्कै घर जाने होला नि हैन ? आफ्नो सानो कोठामा एक नजर घुमायो र भन्न थाल्यो “दार्इ मलाई दशै तिहारसंग कहिल्यै प्रेम बसेन । दशै,तिहारमा आफुलाई कहिलै खुसी हुन पाइएन भनाै या दशै, तिहारले खुशी बनाउन सकेन । नियतिले ठूलो कान्छो बनायो । कयौं आफ्नाहरु टाढिए, कयौं प्रेमिहरु अलग भए, गुनासो पोख्ने बाटाहरु बन्द भए । आफ्ना-आफ्ना भएनन् । पाइला चाल्न त आफ्नोले नै सिकाएथें तर कति खेर लडाए पत्तै भएन । यस्ता कयौं तिता अनुभवहरु बटुलेको छु ।” तिता तर सत्य कयौं यथार्थहरु मानसपटलमा बिस्फोट हुनबाट जोगाईराखेको छु दार्इ। भित्र भित्रै जले बन जलेको भए जसले पनि देख्दो हो,मन जलेको उसलाइ के था? मलाई उसका कुराहरु बुझ्न एक निमेष पनि लागेन बरु म अाफै स्तब्ध भए ।उ भन्दै थियो दार्इ मलार्इ दशै भन्दा बढी त बरु यहि अरबको यो तातो घाम र आरने दाईको आरनमा पोलिएको हसियाँ जस्तो बालुवासंग प्रेम बसिसकेको छ । खजुरका रुखहरु सँग मितेरी गाँसिसकेको छु घर परिवारका खुसिहरुको लागि । मेरा एकजना हितैसीले पोर्चुगलबाट “प्रदेसी संग सफलता होइन सपना हुन्छ” भन्ने कुरालाई दूध सेतो र रगत रातो हुन्छ भन्ने जत्तिकै स्पस्टिकरण दिइरहदा पनि म सफलताको पछाडी कुदिरहेको छु । सफल कैले हुन्छु यो अरबमा त्यो थाहा छैन । तर सपना प्रत्येकपल बुनेको छु । तिनै सपनासंग रम्ने कोशिस गरिरहेको छु । समयले दिएको चुनौतिलाई परिस्थिती सम्झेको छु । एकबारको जुनिमा एकपल बाँच्नको लागि पलपल मर्न परिरहेको छ । जीवनमा सबै भन्दा गर्न गाह्रो प्रगती नै रहेछ । दार्इ जीवनमा धेरै कुराहरु कमाउनु थियो सकिएन । सबैभन्दा धेरै त अझ आफु मर्दा रुने मान्छे बनाउनु अथवा कमाउनु थियो त्यो झन सकिएन ।
जीवनको यात्रामा आफन्त साथीभाईहरु भनु थुप्रै मान्छेहरू संग हातेमालो गरें । तर कुनै कुनै मान्छेहरु यति धेरै गरिब भेट्टाए कि ! उनिहरु संग पैसाबाहेक केही छैन । गजब छ संसार ।घडीको घण्टासुइले नौ लाई छुन छुन आटेको थियो । धेरै कुरा गुमाएर थोरै पाएको उ,धेरै कुरा सिक्ने मौका दियो आजको भेट्ले । जीवनका हरेक खुड्किलालाई सहजै पार गर्ने कान्छोले थुप्रै कुरा सिकाईदियो मलाई । तर जान्न चाहेर पनि जान्न सकिन त्यो पुरानो लेमिनेसन गरेर डायरीमा सजार्इ राखेको तस्विर र निलिमाको बारेमा।
समय न हो, अब यसरी भेट हुन्छ या हुन्न थाहा छैन । तर पनि अाशा छ यो भेट हाम्रो अन्तिम भेट पनि पक्कै हुने छैन । बताउने छ कान्छाले कुनै दिन ति पुराना तस्विर र निलिमाको बारेमा ।
(स्रोत : Egulfnepal)