कथा : अस्तित्व

~ज्योति जङ्गल~Jyoti Jungle

अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टिने गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा अपार सामीप्य थियो नै र त्यागसमेत थियो ।

अब सम्पूर्ण त्याग मेरो परिकल्पनामा गएर अल्झियो । त्यागको मेरो अर्थ र त्यागको उनको अर्थमा वेमेलका फलहरू फलिरहे । हामीलाई सन्तानको लहराले पनि अल्झाउन सकेन । हाम्रो वैदिक बिहे, बिहेपछिकै होस्, पहिलो प्यार र प्यारा विगतहरू चिरिँदै गए ।

हाम्रो यथार्थ हामीबीचको व्यक्तित्व विवाद थियो । अरू केही थिएन । एउटा घर थियो । समर्पण थियो । सत्यता जरुर थियो । एक पति र एक पत्नीत्वपूर्ण पालना गरेका हामीले एकअर्कालाई स्वतन्त्रताको नाममा कहिल्यै घात गरेनौँ । सन्देह, शङ्का अहँ सम्झना पनि गरेनौँ । आरोपका वाणहरू, छरेनौँ तर पनि हामी सँगै बस्न सकेनौँ । व्यवहारमा नमिलेको फाटोले मन पनि फाट्दै जाँदोरहेछ । मन फाट्यो । बोली फाट्यो र फाटिँदै गयो हाम्रो जीवनको सगोल फाँट ।

यो घर, उनले छोडेर गएको घर, कुनै दिन उनको एकसूत्रीय सपना थियो । एउटी पत्नीको पतिसँग माग्ने एकल प्रस्ताव थियो । त्यो पनि छोडेर गइन्् उनी । अझ पसिनाका कुरा गर्दासमेत हामी बराबरीमा तामेल हुन्छौँ । उनको परिश्रम, जागिर र तपस्यासमेत हो यो घर । आज घर छ । कोठाहरू छन् । उनकै छनोटका रङ बोकेर यी गुलावी पर्दाहरू हल्लिरहेका छन् तर उदासीले छ्याप्प छन् । सन्नाटा छछल्किरहन्छ कोठाभरि । जागिरको सङ्घर्ष, डेराको साँगुरो र हल्ला कर्जाको भारी सबै सँगै बोक्यौँ र भर्खर मात्र सुखले पाइला हाल्न लागेको हाम्रो जिन्दगीका बन्धनहरू खुकुलिन थाले ।

बन्धनहरू यति कफल्ला हुन सक्दारहेछन् । हामीमा आएको परिपक्वतासँगै, तर्कसँगै, हिम्मतसँगै हाम्रो बन्धन पनि खुकुलिँदै गयो । हाम्रो तर्क अरू केही थिएन । म उनलाई आमा जस्तो सम्झन्थेँ । उनी आफूलाई आˆनो बाटोमा साहसी पाउँथिन् र उद्देश्यहरूको लहरमा हराउँथिन् ।

मेरी आमा । जब म घर र्फकन्थेँ, ती मुस्काउँथिन् । गलिस होला भन्थिन् । रुवाउँथिन् । दिनभरि ती काम गर्थिन तर म बिसाउँथे । मैले त कहिल्यै आमाको सोच सोच्न भ्याइँन । मेरो भोको स्तर, मेरो रोग, मेरा लुगा, मेरा स्वादहरू, जहाँजहाँ म छु, म जसरी सुत्छु, म जुन स्वरमा रेडियो सुन्छु, म कुन समयमा पानी पिउँछु, उनले कसरी जान्दथिन् ? सधैँ हाजिर हुन्थिन्, म आमामा रोपिँदै गएँ । आपाङ्ग हुँदै गएछु । मलाई सम्पूर्ण विश्वका आमाहरू यसै गर्लान् जस्तो लाग्थ्यो । आमाको उत्पत्तिको अर्थ नै यही होला भनेर म अनर्थ पढ्दै गएछु ।

पछि वयस्क भएँ । बिहे गरेँ । आमामा रोपिएको म उनमा सर्दै गएँ । मेरो आमाबिम्ब क्रमशः उनीद्वारा पूरा हुनुपर्ने सोचले ग्रसित हुँदै गयो । म आमा पाउन उनीमा खानतलासी गर्न थालेँ । यसरी मेरी श्रीमती, मेरै छोराहरूकी आमालाई म आˆनै आमा जस्तो हुन दबाब दिँदै गएँ ।

समयको गतिले धेरै परको यात्रा तरेको रहेछ । मेरी नपढेकी आमा र जागिरे श्रीमती, वात्सल्यको अपरिमितता र मायाको बराबरी कसरी हिसाब मिल्थ्यो र ? म बिगि्रसकेको थिएँ । सामाजिक सेरोफेरोमा उनको व्यक्तित्व स्थापित हुँदै थियो तर ममा सेवा भोक अपुरो हुँदै थियो ।

उनी थाकेर आउँदा मैले कहिल्यै थकान सोधिनँ । ममा त्यो संस्कृति नै थिएन । उनले कमाउदा निश्चय म खुसी थिएँ । मेरो आर्थिक जग मेरै अन्य सहकर्मीको भन्दा बलियो थियो तर त्यसको जस कहिल्यै उनको भागमा परेन । भित्रभित्रै म उनको प्रतिद्वन्द्वी स्थापित हुनथालेँ । उनले घरबाहिरका क्रियाकलापहरूमा भाग लिनु, उनको शैक्षिक योग्यता बढ्दै जानु, सङ्गठनको नेतृत्व गर्नु मेरा लागि अपाच्य हुन थाले ।

आखिर सामान्य कुरा थियो । महिला विकास कार्यालयकी उनी त योग्य अधिकृृत थिइन नै, सहजकर्ता पनि थिइन् । जागिरमा अरू पनि महिलाहरू छन् । वर्षहरू बित्दै गएपछि जिम्मेवारी पनि थपिन्छ । पद, कार्यभार थपिन्छ । दिनभरि तिनीहरू तनावमा रहन्छन् । फेरि घर, खाना, छोराहरू सबै हेरेकै हो । त्यति धेरै लापरवाही त हुँदै होइन । छोराहरू समेत गुनासो गर्दैनथेँ । पढाइमा पनि उत्कृष्ट नै थिए । म मात्रै हीनताबोधले हार्न थालेँछु ।

मेरा अधिकांश सपना भत्किदै गए । झर्किने, नबोल्ने र एक्लाएक्लै बस्ने हाम्रो चलन भयो । उनी पढ्न बस्नु, उनको फोन आउनु मेरो लागि असहृय हुँदै गयो । पछिपछि उनले मैले देख्ने गरी पढ्न छोडिन् । फोन उठाउन छोडिन् । आˆनो जीवनप्रति हामी उदासीन रहन थाल्यौँ । उदासीनता झाङ्गएिर हाम्रो सामीप्य खतम भयो । आभास, उच्छभास या प्रतिक्रिया सब क्रियाहीन थिए ।

आ-आˆना कमाईका हिसाब गर्दागर्दै हामी कति घण्टा बिताउँथ्यौँ । अब दुःख नगर्ने है भन्थ्यौँ, बजार जान्थ्यौँ तर किन्ने बेलामा खर्चको हिम्मत दुवैमा हुन्थ्यो र हाँस्दै र्फकन्थ्यौँ । अब हामी एक-अर्कालाई थाहा थिएन हामीले कति कमायौँ, कति जोगायौँ र कति खर्च गर्‍यौँ ?

हामी क्रमशः शारीरिक सम्पर्कमा समेत उदासीन हुँदै गयौँ । सिलसिला सुरु हुन मात्र गाह्रो कति छिटो अस्तित्वशील हुँदै गयो उदासीनता । सुरुसुरुमा एक/दुईपल्ट हामी समाजसँग डरायौँ । आफन्तसँग डरायौँ । कतिपल्ट नाटकीय सामीप्यको आयोजना गर्‍यौँ तर अब हामीले खुलमखुल्ला बहस सुरु गर्‍यौँ ।

यी छोराहरूले पनि हाम्रो मौनता थाहा पाए । या हाम्रो बहस थाहा पाए । मैले नै मौनता तोडेँ । म उनलाई जागिर छोडाउने पक्षमा पनि थिइनँ । उनलाई घरमा थुन्ने उद्देश्य पनि थिएन तर घरको अपुरो या मेरो मनको अपुरो हो, सहने स्थितिमा समेत तयार रहिनँ ।

हाम्रा हिसाबहरू तयार हुन थाले । यो मौनताको के हिसाब हुनु ? अनि बेहिसाब उनले मौनताको बाँध फुटाइन् ।

मलाई केही चाहिँदैन । म डेरामै बस्छु । जे कमाउँछु, त्यसैले खान्छु । यी सबै मेरा नामका धनीपूर्जाहरू आˆनो नाममा सार्नुस् । छोराहरू तपाईं नै हेर्नुस् । म मेरो कैदमुक्ततासँग यिनीहरूको दूरता साट्न तयार छु । व्यक्तिहीनतासँग म मात्र आमा हुन अब मेरो परिवेशले दिएन । मनले दिएन । अस्त्िवले त झन् दिँदै दिँदैन ।

म कानुनद्वारा पनि तपाईंलाई मुक्त गरौँला । आफूलाई खुसी राख्न तपाईं जे गर्नुहुन्छ, खुसीसाथ गर्नुस् । कति मानिसहरू अरूकै खुसीमा रमाउँछन् । तपाईं आˆनी श्रीमतीको खुसी त के उसको अस्त्िवदेखि समेत घिनाउनु भयो । आˆना एकाध साथीहरूले मप्रति गरेका टिप्पणीहरू समेत विश्लेषण गर्नुभएन ।

मैले तपाईंलाई एउटा श्रीमान्ले दिनुपर्ने व्यवस्थाहरूको कहिल्यै जिकिर गरिनँ । काँधकाँध मिलाउने पाइलापाइला चलाउने जीवनसाथी बन्न खोज्दा तपाईंले गलत मूल्याङ्कन गर्नुभो र ममा एउटी आमा र श्रीमती दुवै सहजकर्ताका रूपमा मात्रै खोज्नुभो जति उपलब्ध गराउँदै गएँ उति विक्षिप्त बन्नुभयो । विक्षिप्तता अब हामीबीच छेकबार बनेको छ जुन उपचारहीन जस्तो भइसकेको छ ।

तपाईंले आफूबाहेक कहिल्यै मलाई सोच्नु भएन । अब म झन् कसैले साथी बनाउनसमेत झस्कने व्यक्तित्वमा बदलिनेछु । अयोग्य सावित हुनेछु । सामाजिक टिप्पणीका प्रहारहरूसँग झनै चिरिनेछु । छोराहरूको दूरताले बेहोसिनेछु तर ती सबै पीडाभन्दा बढी मलाई विक्षिप्तताको प्रहार असहृय छ । जन्मदेखि खेपेको यो परिवेशले मलाई अझै परिपक्व बनाएछ तर तपाईं झन् काँतर हुनुभएको छ । एकदिन यही कायरता तपाइर्ंमाथि आइलाग्नेछ र मेरो तपस्याको वकालत गर्नेछ । तपाईं ब्यूँझनुहुनेछ ।

उनी यस्तै भन्दै गइन् । मसँग बसुञ्जेल पनि, मलाई छोडेपछि पनि जित उनकै भयो । उनीसँग मेरो अस्तित्वसमेत लिएर गइन् । मेरो विक्षिप्तता, प्रतिद्वन्द्व, डाहा या दोष सबै बगाएर गइन् ।

म उनलाई उनीसँग उनीजस्तै स्वीकार गर्ने बकसपत्र लेखिरहेछु । मेरो पारिवारिकताले म हुर्किएको सामाजिकताले, मेरो मनोविज्ञान दोषी थियो । जसले मेरो घर ‘घर’ हुन दिएन । अब म विक्षिप्तताको सामना गर्नेछु । मलाई माफ गर श्रद्धा । म रोगी थिएँ । अब निको भइसकेको छु ।

(स्रोत : मधुपर्क २०६६ असार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.