कथा : आफन्तको खोजी

~एल एन सुवेदी ‘हस्ती’~L N Subedi 'Hasti'

निरासाले भरिएको लामो सास तान्दै जमिनबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहान माथि खन्यायो । आंखाबाट आंसुका धारा बगाउंदै तिम्रो आत्माले परमेश्वरको बास पाओस् जीवित हुंदा केही गर्न सकिन भन्दै निकैबेर दलविरले घुक्का छोड्यो । आफ्नी मरेकी आमालाई सम्झेर त रोयो नै त्यो भन्दा बढी उसलाई वरिपरीको वातावरणले अझ धेरै भावुक तुल्याएको थियो ।त्यो ठांउ र पखेरा सबै उस्तै उस्तै थिए । जंगल अलिक पातलिएछ दश पन्ध्र जति मसिना झूप्रा घरहरु थपिएछन् । वारीपारी खेत पाखा पखेरा उस्तै उस्तै नै हुन् जस्तो । ऊ बेलाका खेतहरुमा कतै अदूवाको खेती कतै अकवरे खूर्सानी कतै अम्रिसो र धूसको घांस लगाएछन् । जेठको महिना जताततै पालुवा र मूना पलाएका हरिया पाखा र खेतमा लहलह परेका मकैका बोटहरु पारीपारी पाखामा बर्षाको समयमा गएका पहिराका सेता धर्साहरुले दलविरको मनलाई कता कता उडाएर लग्यो । आफूं बसेको नजीकैको पातीको बोटमा मसिना ढुट्टाले हान्दै ऊ अतिततिर हरायो ।

उनीहरुको एउटा सानो भिरालो परेको पाखो बारी थियो । बारीको बीचतिर सानो झूप्रो घर घरको तलतिरको छेउमा एउटा सुंगुरको खोर थियो । अगाडि पट्टी दाउरा राख्ने सानो कटेरो थियो । घर वरिपरी मसिना सिस्नाका झ्यांगहरु पिडालू सिमल तरुलका बोट र एउटा काभ्राको रुख थियो । जिवन गुजारा गर्न सधैं बनिबूतो गर्नु पथ्र्यो । परिवारमा उसका आमा बाबु ऊ र उसका दुई जना बहिनीहरु थिए । घरमा शान्ति भए त सिस्नोको खोले र पानी खाएर पनि आनन्द नै हुन्थ्यो । तर गरिबी र अभावले घरमा प्राय सधैं बाबु र आमाको झगडा परिरहन्थ्यो । आमा कहिले झुण्डिएर मर्छु भन्थिन् कहिले भिरबाट हाम फाल्छु भन्थिन् । हामीलाई कहिल्यै चाडवाड आएन । सानो मैलो घर सरसफाई थिएन । परिवार प्राय अर्ध नग्न हुन्थ्यो । जुत्ता र चप्पल कसैले देखिएन । नुहाउने धुवाउने कुरा पनि मकर सक्रान्ति नै आउनु पथ्र्यो । अभाव र गरिबीको बर्बर त्रासले हामी बडो भयभित थियौ । बाबुले आमा पिटेको बखत मेरा साना बहिनीहरु मसंगै टासिएर रुन्थे म पनि उनीहरुसंगै रुन्थे । सधैं जसो बेलुका सांझ पर्ने बेलातिर यस्तो घटना हुन्थ्यो हाम्रो घरमा । हाम्रो धार्मिक परम्परा अनुसार त्यो एउटा अलच्छिन थियो आउने दिनहरुको लागि अशुभ लक्षण थियो ।

म अलि अलि मात्र सम्झन्छु मेरा बहिनीहरु त सम्झन्नन् होला । आमा बिस्तारै विरामी परिन् । गांउमा धामी झांक्री पूजारी त गरियो त्यसले भएन भदौ महिनाको अन्तिमतिरको एक सांझ मूसलधारे पानी परेको बेला आमाले अन्तिम सास फेरिन् । हामी त सधैं पनि रोइरहन्थ्यौ त्यस दिन पनि रोइयो नै । आमा मरे पछि बाबु धेरै दिन सम्म रोए धेरै शोक गरे । गाउंलेहरु जम्मा भएर नजिकैको चिहान घारीमा आमालाई पुरे । हाम्रा हात समाएर अलि अलि माटो आमाको चिहान माथि हाल्न लगाए । हाम्रो घरको बत्ति निभ्यो । हामी टुहुरा टुहुरी भयांै भन्ने प्रष्ट संकेत भयो ।

मेरा कलिला दिनहरुमा मैले के नै गरिन र गाउंका प्राय सबैका घरका भांडा माझें गोबर भकारा गरें लुगा कपडा धोएर धेरै धरै गाली अपमान र कुटाई खाएं । भोका दिनहरु गन्ने हो भने बर्षउ होइन यूग पनि हुन्छ होला । म गाउंका दाजुहरुसंग पहाडबाट हप्तांै लगाएर मधेशतिर गएर नूनका भारी ल्याएर गांउका साहूहरुलाई बेच्थें । दुई चार पटक ओहोर दोहोर गरे पछि अब त केही होला की भन्ने लाग्न थालेको थियो । भत्केर अवषेश मात्र रहेको घरको गाह्रोतिर आंखा डुलाउंदै आफूं हिड्ने बेलामा आफ्ना बहिनीहरुले हामीलाई कपडा ल्याई देऊ है दाइ भनेको बाबुले चांडै गएर राम्ररी आएस् भनेको कुरा सम्झदैं दलविर एक पटक फेरी ठूलो आवाजमा रोयो । गरिबीको पिडा र मातृबात्सल्यको अभावले खग्रास भएको दलबिर फेरी गांउ फर्किएन उतैतिर बिलायो ।

उमेर ढल्कदै गरेको जीर्ण शरीर भएको आफ्नो बाबु र कलिला माया लाग्दा बहिनीहरुलाई सम्झदैं उनीहरु माथि ठूलो अन्याय गरेकोले अपुशोस जतायो । उसले मनमनै सोच्यो साच्चै मेरा बाबु र बहिनीहरु कहां गए होलान् अब त बहिनीहरुको विहेवारी भयो होला बाबु बांचेका भए मलाई देखेर कति रूंदा हुन् सायद अब त मलाई चिन्दैनन् होला । एउटा कुरा त पक्का पक्की छ । हाम्रो घरको अवशेष हेर्दा उनीहरु यहां छैनन् । आमा यहीं सडिन् म कहां पुगे बाबु र बहिनीहरु कता लागे हरे विधाताको खेल पनि यस्तो हुन्छ र भन्दै आमाको चिहानतिर हेर्दै दलविर फेरी टलपलायो ।

आफ्ना आफन्तको नालीबेली इतिहास त तिर्याल बाजेले मात्र बताउन सक्छन् भन्दै दलविर धनपति अर्याल बाजेका घरतिर लाग्यो । गांउको पुरानो शैलीको घर बाहिर सिकुवामा पुरानो खाट माथि मैलो मैलो परेको राडी ओच्छाएर बसेका अर्याल बाजे धेरै बूढा भएछन् । दांतहरु सबै झरेछन् आंखा भित्र भासिएर अनुहार चाउरिएछ । दिन गन्दै अस्ताउन लागेको घाम भएछन् अर्याल बाजे पनि ।

अर्याल बाजेले दलविरलाई देखेपछि बाबुलाई त अघि देखेको थिएन कहां जाने के थर हो भन्दै सोधे । बाजे म आइतेको छोरो दलविरे हो हाम्रा बाबुलाई गाउंमा आइते भनेर बोलाउथे चिन्नु भएन र भन्दै दलविरले जवाफ दियो । कहां चिन्नु र बाबु तं त भागेको धेरै बर्ष भयो लाठे पो भइछ त । यतिका बर्ख कता हराइस् बाबु भन्दै अर्याल बाजेले फेरी सोधे । बाजे म त उतै मधेशतिर नै पो हराएं त भन्दै दलविरले छोटो जवाफ दियो । तेरा सन्तानहेरु पनि कहां कहां पुगे । दलविरले स्तब्ध हुंदै सोध्यो कता कता गए र बाजे तेरो बाबु यही मर्यो बहिनीहेरु झोडातिरै पोइला गए भन्थे । परारका साल कान्छी बहिनी दुई बर्षको छोरो लिएर आइथी । मेरै घरमा सात दिन सम्म बसेर गई । तिनीहेरु पनि कहां जाउन र जाने ठांउ छैन । आफ्नै घर जस्तो गरेर आइथी । घर त झोडातिर कता पो भन्थी दलविरको मनले ठाउं छोड्यो बाजे म पछि आउंछु भन्दै ऊ फेरी आफन्तको खोजी तिरै लाग्यो ।

हाल कुवेत

(स्रोत : NRNaksa)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.