~विजय राना~
कति चोट पर्दा त, सहन्छन् जिन्दगीमा
भो नरोऊ आशु कति, बहन्छन् जिन्दगीमा
एक दर्ुइ पटक हार्दा पनि, यति धेरै निराश –
बिजय पराजय त, भई रहन्छन् जिन्दगीमा !!
जसलाइ मैले आफ्नो ठान्छु ,उहीबाट धोका हुन्छ
आफ्नो भनि जहाँ जान्छु , उहीबाट धोका हुन्छ
बिश्वास कस्तो – कसम कस्तो – बुझ्नै गाह्रो रैछ-
सगंसगै कसम खान्छु ,उहीबाट धोका हुन्छ !!
