~कृष्णभुषण बल~
आमाको नीलो गर्भबाट-
यो माटोमा झरेको हुँ पहिलोपटक
आमाको गर्भ छाड्दाको पीडाले-
रोएको हुँ यही माटोमा पहिलोपटक
सायद ताते छाडेर तङ्िग्रएर-
लड्दै हिँडे यही माटोमा पहिलोपटक
निस्फिक्री तन्नेरी भएर पनि-
हिँडेको हुँ यही माटोमा पहिलोपटक
यही माटोमा उमि्रएको जलामृत पिएँ निसन्देश पहिलोपटक
यही माटोको सुगन्धित हावाले स्पर्श गरेको हो मलाई पहिलोपटक
यही माटो माथिको आकाशमा-
चन्द्र सूर्य देखेको हुँ पहिलोपटक
यही माटोको जंगल र झाडीहरूमा-
चरा-चुरुङ्गीको गीतको शृङ्खलाहरू सुनेको हुँ पहिलोपटक
लडें, रोएँ, हाँसें, कराएँ जे जे गरें यही माटोमा पहिलोपटक
नेपाल भनेर पुकारिने यही माटो रहेछ-
र नै नेपाली भनेर चिनिएँ पहिलोपटक
आमाभन्दा पनि ठूली धरा तिमी
प्रत्येक साकार सपना र सिर्जनाहरू समर्पण गर्छु हजारौंपटक
प्रत्येक खुसी र उमङ्गगहरू यही माटोमा रोपिउन् हजारौंपटक
आमा तिम्रो पाउ नै मेरो शिर सम्झेको छु लाखौंपटक
आमा, तिमीलाई करजोरी साष्टाङ्ग दण्डवत ।।