~गणेश खड्का ‘रोषी’~
एकान्तमा टुट्या फुट्या सब्दहरु जोड्दै गएँ
एकान्तमानै ध्यान मेरो अन्तै तिरै मोड्दै गएँ
जाडो थियो सिसिरमा घामले न्यानो पारिराथ्यो
तेही न्यानो घाममा बसी मैले गहु गोड्दै गएँ
एकान्तमा टुट्या फुट्या सब्दहरु जोड्दै गएँ
एकान्तमानै ध्यान मेरो अन्तै तिरै मोड्दै गएँ
घर जादा एक्लै थिएँ उकालीमा चड्दाखेरि
जोडेका ति केहि सब्द बिस्तारै नै छोड्दै गएँ
गणेश खड्का रोषीको कलेक्सन बाट
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )