लाग्यो आज मेरो बाटो छेकेछेके छेकेछेके
सुस्त सुस्त मनको दैलो टेकेटेके टेकेटेके
सुनेकोथेँ मदहोश पार्छन् अरे इशाराले
फर्की हेर्दा लाग्यो जाल फेंकेफेंके फेंकेफेंके
यस्तो लाग्यो झट्ट हेरी मन्द मन्द मुस्काउँदा
चोटमाथि पानी-पट्टी सेकेसेके सेकेसेके
ठहरै पारे हुन्थ्यो अधकल्चो छोड्नुभन्दा
बिन्ती धेरै नपार है पेकेपेके पेकेपेके
माया हो कि खेल ठट्टा ? रहेनछ बुझिसक्नु
जती बुझ्यो नबुझिने केकेकेके केकेकेके
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )