~कन्चन~
भातको सिता सिता
जोड्डा खाना बन्ने रैछ
किन पाठशालामा जोडमा
भातका सिता र घटाउमा
मेरो गाँउको दु:ख नअटाएको
कुरा ठुला गर्दा भात पाक्ने
होईन रैछ मेरो चुलोमा
अनि किन कराएको त तिमी
मेरो कान फाट्ने गरि ।
को हौ तिमी मेरो भाग्य लेख्ने ?
मैले त छैटीमै पाएको छू त ।
आफ्नो आयुको हिसाब राख है
मरिजाने तिमि नै हो, हामी जस्ता
बाचिरहने हो, किन मर्ने,
शासन त हामीमा नै त गर्ने हो ।
अब नकराउ सारा बढे
हामी चाँही किन पछाडि लखेट्ने
हिंड्न सिकौं तिमी म
दौड्न त हाम्रा सन्तती लाई चाडै छ ।
(स्रोत : Weallnepali)