~राज अविरल यात्री~
कोही कोही मान्छे खास हुन्छ ।
र उ दीलको आसपास हुन्छ ।
समानताको नारा जति लगाउ
समाजमा मालिक र दास हुन्छ ।
दैवले यस्तो लिला देखाएर गयो
सबको आकाश मुनि बास हुन्छ ।
उनले हप्तौं भग्नावशेष कोट्याईन
पुरिएको सन्तानको सधै आस हुन्छ ।
कसैको याद यति भयानक भै दिन्छ
तश्बिरबाटै नियालेको आभास हुन्छ ।
– राज अविरल यात्री
कन्याम, ईलाम
हाल, मलेशिया ।
(स्रोत : Dainikpost)