~सुरेन्द्र महर्जन ‘अमर’~
नचाहेर पनि पिउनु परेको छ जीउनलाई
सुख दुःख आउँछ बाचूँ आँसु पिउनलाई ।
उमंगको सपनाहरू देखें सिसा झैं फुट्यो
बिउँझी हेर्दा मनको रहर खै कसले लुट्यो,
साथ कोही भेटिँदैन सोधुँ कि सपनीलाई
सुख दुःख आउँछ बाचूँ आँसु पिउनलाई ।
फुलेका थिए फूल मनको फूलबारीमा
पतझर बने सोचेका आश फूलबारीमा,
दुखाइ मुटु बाँच्नु प¥यो यहीँ जीउनलाई
सुख दुःख आउँछ बाचूँ आँसु पिउनलाई ।
(स्रोत : Nepalpati)