~नरेश जङ्ग राणा~
छिमेकी असलै थियो
हिजो अन्धकार रात हुँदा
प्रजातन्त्रको दियो बाली
चेतनाभरि दिएकै थियो
एकतन्त्रिय शासन
अन्तका लागि हौसला
बुलन्द बनाएकै हो
जनतालाई मुक्तिको बाटो
देखाउने राज नेतालाई
संरक्षण दिएकै हो
राज नेताले आत्मसाथ गरी
मेलमिलापको बाटो अवलम्वन गरे
स्वदेशमै बसी संघर्ष गरेकै हुन्
यहाँ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र
ल्याउने भुमिका निर्वाह गरेकै हो ।
पञ्चतन्त्र, राजतन्त्र ढाल्न
छिमेकीको ठूलो साथ थियो
उत्पीडित जनताको मुक्तिका लागि
सबै खाले समझदारी सम्झौतामा
साक्षी बसेकै हो
दैवि आपद विपद पर्दा पनि
छिमेकीको नाताले
सहयोग गरेकै हो
प्रत्येक सुखदुःखमा उस्ले हेरेकै थियो
हिजो भूकम्प जाँदा, पुरिदा
बाढी पैरोमा पनि
अग्रपंक्तिमा रहेर
चहराइरहेको घाउमा
मलहम पट्टी पनि लगाएकै हो ।
खडेरी परि अनिकालमा पनि
अन्न, लत्ता कपडा
सहयोग गरेकै थियो
छिमेकीले लगाएको गुण
बिर्सेका छैनौं ।
तर,
असल छिमेकीको दायित्व
निर्वाह गर्दै आएको
परापूर्वकालदेखि इतिहास, धर्म, सांस्कृति
संस्कार मिलेको
एक असल छिमेकीले
एकाएक घाटि थुनिदियो
दिनप्रतिदिन प्रत्येक क्षण क्षणमा
चुलोको आगो निभेको छ
बिरामीहरु औषधि नपाई छटपटाइरहेछन्
जीवन कष्टकर बनिरहेछ
के असल छिमेकीको
धर्म यहि हो ?
के असल छिमेकीको कर्तव्य यहि हो ?
के मानवीय धर्म यहि हो ?
म प्रश्न र्न चाहन्छु
एक असल मित्रले
गर्ने मित्रवत व्यवहार यहि हो
तिम्रा लागि आफ्नो रगत बगाउने
मित्रका लागि यहि उपहार हो
हामी स्वाभिमानी छौं
स्वाभिमानमा हामि झुक्न चाहान्नौ
देशलाई धरौटी राख्न चाहन्नौं
अन्तर्राष्ट्रिय मुल्य मान्यता
हाम्रो अधिकार हो
तिम्रा लम्पसार नीतिले
जीवन कष्टकर बन्दैछ
सम्भावानाका बाटाहरु खोल्दै
आत्मनिर्भरतातिर लम्क
छिमेकीको दायित्व पुरा गर
(स्रोत : Ganatantradaily)