~राम प्रसाद पाखरेल~
कति राम्री नानी तिमी, मुसु मुसु हाँसीदेऊ
कर्म घरमा प्रवेश गरी, अर्को नाता जोडीदेऊ।
जन्मिएको घर अनि, रमाएको आँगन त्यो
गहभरी आँसु पारी, सधैँ टाढा नभईदेऊ।
शिरमाथि हात राखी, पाएका ति आशिषले,
हँसाएर आफन्तलाई, परायालाई रोजिदेऊ।
मेरोपनि सधैँभरि, आशिषछ तिमीलाई,
जीवनका चुनौतिलाई, साहसले टारीदेऊ।
कति राम्री नानी तिमी, मुसु मुसु हाँसीदेऊ
कर्म घरमा प्रवेश गरी, अर्को नाता जोडीदेऊ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )