~जनक घिमिरे~
बाध्यता छ हाँस्नै पर्ने हाँसे जस्तै गरेको छु
भुल्नै पर्छ हर कहानी भुले जस्तै गरेको छु
तिम्रो नाम त यो मुटुमा रगतले लेखेको छ
कापीमा त मन बुझाउन लेखे जस्तै गरेको छु
सबैभन्दा अप्ठ्यारो छ पराईको मन जित्नु
हारे पनि तिमीसँग जिते जस्तै गरेको छु
बुझेको छु तिम्रो आँखा मेरोलागि रसाउन्नन्
तिम्लाई सम्झी झर्ने आँसु रोके जस्तै गरेको छु
हर मान्छेको कहानी छ, हर कहानी अधुरो छ
आऊ संगी सुन कथा भने जस्तै गरेको छु
(स्रोत : Nepalpati)