हजार झोक्का हुरीवतासका चैतको वेलामा
एकै झोक्का निठुरी मनको क्षितिज आँखामा
सपुना सारा धुलैमा मिले आँशु मै बगेर
खहरे भई मुटुमैं बग्यो म भएँ वगर
हुरीभित्र हिडी नै रहें उडी आउने आशामा
एकै झोक्का निठुरी मनको क्षितिज आँखामा
बग्दछु भन्थे नशा नशा रगत भएर
पसिना बनि निस्केछ क्यार पखाल्यो धोएर
वाफ बनि उडेछ आज बिरानो आकाशमा
एकै झोक्का निठुरी मनको क्षितिज आँखामा
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )