नेपाल आमालाई धरधरी रुवाउने तिमी पराया हौ।
सत्ता प्राप्तिको लोभमा घुष खुवाउने तिमी पराया हौ।
देशभित्र जनताले शान्ती खोजिरहेको यो समयमा,
रगतको पोखरीमा शान्ती डुबाउने तिमी पराया हौ।
दु:ख-सुख हिउँद बित्यो,बर्षायाम आउदै थियो,
आफ्नै छानो उधारेर पानी चुहाउने तिमी पराया हौ।
सुस्ता दुखेको बेला,सिंहदरबार हाँसीमात्र दिन्छ,
देशलाई चोट लाग्दा झन दुखाउने तिमी पराया हौ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: गजल : तिमी पराया हौ | swamisubashchandra