~आन्ना आख्मातोभा~
अनु. कृष्णप्रकाश श्रेष्ठ.
व्योमलहरमा खाँदै खावा,
समुद्र, पर्वत, समथर हेर्दै ।
उडिजा, उडिजा शान्तिपरेवा,
सुरिलो मेरो गीत सुसेल्दै ।।
खोज्छ सुन्न जो त्यसकन तँ बता,
चिरइच्छित युग कति छ निकटमा ?
सास फेर्छ के ? बाँच्छ कसोरी ?
मान्छे तेरो पितृभूमिमा ??
धेरै छन् अरु, छैनस् एक्लो ।
उड्लान् तँसंगै लाख परेवा ।।
दूर देशको संघारनेरै
सहृदय साथी होला टेवा ।।
रक्तिम आभातर्फ उडी जा,
विषाक्त मिलको धँुवा छिचोल्दै ।
हव्सीहरुको गाउँ हँुदै जा,
नीलो गंगातटतक डुल्दै ।।
(रुसी कविताको नेपाली अनुवाद)
आन्ना आख्मातोभा (ई. सं. १८८९ १९६६)
कवयित्री आन्ना आख्मातोभा (गोरेन्को) को जन्म कृष्णसागरको तटवर्तीअोडेस्सानजिकै एक जहाजी इन्जीनियरको परिवारमा भएको थियो । प्रारम्भिक चरणमा उनी ,कलाको लागि कला,भन्ने सिद्धान्तको प्रतिपादन गर्ने व्यक्तिवादी तथा रहस्यवादी साहित्यिक धाराको प्रभावमा परेकी थिइन् । तर त्यसै बखत पनि उनको कविता निराशावादबाट मुक्त हँुदै थियो । आख्मातोभको काव्यमा आन्तरिक् अनुभूतिले ठोस र मूर्त रुप पाएको हुन्छ । कवितात्मक बिम्ब प्रतिबिम्ब, मनोवैज्ञानिक सत्य, सघन र सरल वाक्यविन्यास उनको काव्यशैलिको विशिष्टता हो । मातृभूमिको विषयवस्तुले उनको काव्यमा प्रमुख स्थान अोगटेको पाइन्छ । जन्मभूमि, प्रतिज्ञा, वीरता आदि कविताहरु यसका उदाहरण हुन्
(स्रोत : Freenepal)