~इन्दिरा प्रयास~
धड्कन देखी माया गर्ने,जीवनका आधार तिमी
अन्तर मनको भाव बुझ्ने,सपनाका साकार तिमी
अन्धकार त्यो त्यसै हट्छ, तिम्रो साथ पाए पछि
त्यसैले त भन्छु आज, सिंगो मेरो संसार तिमी
अन्जानैमा संबन्ध त जोडिए’थ्यो थाहा नपाई
संरक्षण गरी राख्ने, सौभाग्यका संघार तिमी
सयौ जुनी साथ हुने,कसम खाई जिन्दगीको
पबित्र होस् हाम्रो प्रेम,प्रयासको आकार तिमी
(स्रोत : Shabdahar )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.