स्वप्नमा आकाशको अर्ध चन्द्रमा
ग्वार्लम्मै धर्तीतिर घुँईिकंदा
चुक घोप्टिए झैं अँधेरी रातले
मस्त निद्रामा आलिङ्गन गर्यो
मलाई ऐंठन परेछ क्यारे !
एक्कासी म भौंतारिएर बकबकाउन थालेछु ।
पानी उस्तै हुन्छ महासागरहरुको
लोभि मान्छेले सिमाना लगाउँदछ
अँशबण्डा गर्दछ धर्ती माताको
अलिकति फाल्टै भाषा भेषभूषाको
अनेकौ नियम कानून बनाउँदछ
यो र यत्ति मेरो हो
गर्वका साथ अधिकार जमाउँछ अहंकार ।
लक्ष्मण रेखा पार गरेर कोही घुसे भने
नानाथरीको लााछाना लगाउँदछ
तँ गरीब शक्तिविहिन देशको मान्छे
सामथ्र्य छ टिक्न यहाँ
धम्की बसा्रउँछ नानाथरी गरी तसा्रउँछ ।
म अवाक छु तमाशा हेरि रहेछु
पंक्तिमा उभिएका दुई सय बर्षदेखि घाँटी दबाईएका
जे भने पनि हुन्छ हजुर को मूलमन्त्र सिकाईएका
अति सोझा मामाहरुको उस्तै ब्यथा देख्दछु
अर्कातिर अति आधुनिक ठहरिएका
बिदेश त स्वर्ग भन्ठानेर
शिक्षा र पेशाको लालच बोकेर
गाँस बास कपास बिहिन
कमण्डलु बोक्न बाध्य बनाईएका
भाजाहरुको ब्यथा सुन्दछु
समय र परिस्थिति मात्र फरक
उही मान्छे उही ब्यथा उही दुर्दशा ।
कुसर्ीको अभिलाषा बोक्ने च्याउ नेताहरु
अल्लाहको दाह्ीमा अल्झिएर
गुरु नानकको फेटाभित्र निसास्सिएका जुम्राहरु झैं
चहल पहल सल्बलाएको देख्दछु
मात्र सुक्ष्म सुरुङ्गे दि्रष्टी लिएर ।
संसार एउटै भए देिख
किन हकाधिकार समान रहन्न
सिमाना लगाई छेकथुन गरिनु हुन्न
उही माटोमा जन्मिएर
स्वतन्त्रताका साथ धर्ती टेक्न पाउनु पर्छ
जल सेवन गर्न पाउनु पर्छ
राहादानीमा सिमित रेखाङ्कन तोकिनु हुन्न
ब्यक्ति ब्यक्ति बिच भेदभाव गरिनु हुन्न
बौद्धिक तथा भौतिक उपभोग्यहरुको
फरक फरक बातावरण सृजना गरिनु हुन्न ।
चन्द्रमा जुरुक्क उठिन भद्र मुस्कुराहटमा
हरे ! म त एक पक्ष नै निदाएछु क्यार
पूर्णिामा को चहचह उज्यालॊ
सितल कोमल हातले सुमसुमाई रहेकी
मामाहरुको मुस्कुराई
उच्च अदालतले
समान अधिकारको फैसला सुनाएछ क्यारे ।
भााजाहरु अति ब्यस्त
गाँस बास कपारको टुङ्गो लागेछ क्यारे !
आहा ! सगरमाथाको चुचुरो
टलटल टल्कि रहेको
संसार एक भेदभाव रहित भएछ क्यारे !
अट्टाहारपूर्ण खित्काले स्वप्न भङ्ग हुन्छ
धत्तेरीका ! एक पक्ष नै निदाईएछ ।
(स्रोत : Kabitaharu )