कविता : आखिर ऊ जन्मियो

~प्रतिमा के सी~Pratima KC

दशकौंको गर्भाधारण र
बर्षौंको प्रसव पीडा सहेर
ऊ भर्खर जन्मियो

ऊ जन्मेको खुसियालीमा
विस्वासको तेल हालेर
सहिष्णुताको ज्योति बनाई
मनको ढोकामा वत्ती बाल्नु पर्छ
आँगन आँगनमा दीपावली गर्नुपर्छ
कहालीलाग्दो गर्भाशयबाट
अत्यासलाग्दो प्रसव पीडाबाट
छोरा जन्मियो या छोरी थाहा छैन
एकाविहानै घामको झुल्का संगै
आखिर ऊ जन्मियो जन्मियो

उसको जन्ममा असहमति कदापि नगर
ऊ तिम्रो हाम्रो पोल्टामा हुर्किने छ
समय अनुसारका कर्मकाण्डहरु हुंदै जानेछन
एकदिन ऊ सक्षम र सिंगो वन्ने छ
हाम्रो भावनाको कदर गर्ने छ
असत्यलाई असत्य र सत्यलाई सत्य सदर गर्ने छ
तराइमा उभिएर पहाड जस्तै फैलिइ हिमाल वोक्ने
सिंगो शरिर भएको युगमानव जन्माउने छ
उसको स्वागतमा पुस्पगुच्छा विछ्याएर
अवीरले अभिनन्दन गरी
न्यानो स्नेहको पछ्यौरीले
हत्केलामा उठाउन आतुर छु म

मलाई यो धर्ती टेक्न कति हतार !
सातै महिनामा जन्मेछु,
त्यसैले होला
शरिरका हर अंगप्रत्यंगहरु दुखिरहन्छन्
दुख्नु नै जीवन जीउनुको आभास भएको छ
तर ऊ बलियो सतिसाल भएर जन्मेको हुनुपर्छ
किन कि धेरै गर्भहरु तुहिए र तुहाइएपछि
धेरैको मेहनत र संरक्षणमा लामो समयपश्चात
देशको विरासत थाम्ने “नयां संविधान “जन्मेको छ
ऊ कसैको लागी सौताको सन्तान नवनोस्
हामी सबैलाई सधै नेपाली भएर बांच्न दिवस्
एकमुठी सास छउन्जेल हांस्न मिलोस्
देशमा शान्ति सुव्यवस्था कायम होस
स्वाभिमानी नेपाली पलायन नहोस
आउ,सबै नेपाली आउ, खुसी मनाउं
दिल खोलेर रमाउं, कराउं, चिच्याउं
दीपावली गरौं अवीरजात्रा गरौं
हामी मिलौं हामीले मिलाउं
उसको जन्म हर्सोल्लासले भरौं
सार्वभौमसत्ता जनताको नयां संविधान
२०७२ को स्वागतमा…….

प्रतिमा के सी
रुपन्देही
हाल वेलायत

(स्रोत : Nepalpati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.